लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य (सांसद) मनिष झा आगामी ३० अक्टोबरमा बेलायत आउने भएका छन्। यस सम्बन्धी जानकारी नेपाली मूलका बेलायती काउन्सिलर ज्ञान गुरुङले दिएका हुन्।
आफ्नो भ्रमणका क्रममा सांसद झा आइतबार, १ नोभेम्बर २०२६ का दिन बेलायतको प्लमस्टेडमा रास्वपा प्रवास विभाग बेलायतद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।
सांसद झाको यस बेलायत भ्रमणको मुख्य उद्देश्य यहाँको संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अनुभव आदानप्रदान गर्नु रहेको छ।
भ्रमणका क्रममा उनले बेलायतका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग बेलायतका सदस्यहरू र बेलायतवासी नेपाली समुदायका व्यक्तिहरूसँग विशेष भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।






