बेलायतको वोकिङमा ६ नोभेम्बरमा देउसीभैलो कार्यक्रम हुने

SHARE:

लन्डन । वोकिङ दिदीबहिनी समूहको आयोजनामा आगामी शुक्रबार ६ नोभेम्बरमा बेलायतको वोकिङमा देउसीभैलो कार्यक्रम हुने भएको छ।

नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम ६ नोभेम्बर २०२६ शुक्रबार साँझ ६ बजेदेखि राति ९ बजेसम्म अल सेन्ट्स चर्च, वुडह्याम, वोकिङमा सञ्चालन हुनेछ।

आयोजकले नेपाली संस्कृति र परम्परासँग जोडिएको देउसीभैलो कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन सबैलाई हार्दिक अनुरोध गरेका छन्।

‘देउसीभैलो खेलौँ, संस्कृति जोगाऔँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन वोकिङ नेपाली समाज यूकेले पनि आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!