नेपाली कम्युनिटी ननिटनद्वारा भोटेकोशी बाढीपीडितका लागि १२ हजार ९२७ पाउन्ड सहयोग हस्तान्तरण

SHARE:

लन्डन । नेपाली कम्युनिटी ननिटनले भोटेकोशी बाढी प्रभावितका लागि १२ हजार ९२७ पाउन्ड (करिब २६ लाख रुपैयाँ) हस्तान्तरण गरेको छ । ननिटनका पूर्वमेयर एवं काउन्सिलर भीम सारु मगरका अनुसार बेलायतमा सङ्कलित रकम समाजका अध्यक्ष नरवीर लक्समले मंगलबार बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

सहयोग सङ्कलन अभियानमा बेलायतस्थित नेपाली समुदाय, स्थानीय बरोका नागरिक तथा विभिन्न सामुदायिक संस्थाले योगदान गरेका थिए। विशेषगरी नुनेटनस्थित श्री हिन्दु गुजराती समाज र एथरस्टोन इनर ह्विल क्लबप्रति आयोजकले आभार व्यक्त गरेको छ।

यस कठिन समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आयोजकले सहयोगदाताहरूको सद्भाव, उदारता र एकताले आफूहरूलाई थप प्रेरित गरेको जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!