युवराज लामा लेख्छन् – प्रतिभामाथि बारम्बार आक्रमण किन?

SHARE:

१. तपस्वी रामबहादुर बम्जन : मौलिक दर्शन र आध्यात्मिक मार्ग
केही समयअघि चर्चित तपस्वी रामबहादुर बम्जन (मैत्री सम्बोधि धर्मश्रवण गुरु) माथि विभिन्न आरोप र विवादहरू सिर्जना गरिए। उहाँलाई सकेसम्म दुःख दिने र अन्ततः तपस्या स्थल हल्खोरियाबाट समेत लखेट्ने प्रयास भएको भन्ने प्रश्नहरू उठेका छन्। उहाँमाथि विभिन्न अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएको थियो। त्यस्तै, उहाँका चेलाहरूले आश्रम सञ्चालनका लागि दिएको रकमसमेत प्रहरीले जफत गरी पचाएको आरोप सार्वजनिक भएको थियो। यी विषयमा निष्पक्ष छानबिन र तथ्यमा आधारित सत्यतथ्य सार्वजनिक हुनु आवश्यक छ।

बम्जनले आफ्नै मौलिक मैत्री दर्शन, वैकल्पिक जीवनपद्धति, मैत्री लिपि, मैत्री भाषा, जन्मदेखि मृत्युसम्मका संस्कार तथा विधि र आध्यात्मिक मार्गको अवधारणा अघि सार्नुभएको थियो। उहाँका विचार, दर्शन र गतिविधिबारे बहस तथा विवाद हुन सक्छन्। तर कुनै पनि व्यक्तिले अघि सारेका मौलिक विचार र दर्शनको मूल्याङ्कन पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष अध्ययन, तथ्य र प्रमाणका आधारमा गरिनुपर्छ।

२. बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा मोक्तान : विश्वमा नेपालको पहिचान स्थापित गर्ने व्यक्तित्व
बौद्ध दर्शन र भिक्षुणी परम्परासँग जोडिएर गायनमार्फत विश्वभर आफ्नो विशिष्ट पहिचान स्थापित गर्नुभएकी आनी छोइङ डोल्मा मोक्तान परम्परागत सोच र रूढिवादी मान्यताहरूका बीच आफ्नै छुट्टै स्थान बनाउन सफल हुनुभएको छ। उहाँ आज विश्वप्रसिद्ध गायिका, समाजसेवी तथा उदार हृदयकी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

उहाँले आफ्नो गायन, सामाजिक सेवा र मानवीय कार्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा देशमा उल्लेखनीय आर्थिक स्रोत भित्र्याउन योगदान दिनुभएको छ। उहाँको योगदानलाई केवल एउटा क्षेत्र वा समुदायको सीमाभित्र राखेर हेर्न मिल्दैन; यो नेपालको कला, संस्कृति, समाजसेवा र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो।
यस्ती विशिष्ट व्यक्तित्वलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि विभिन्न कोणबाट विरोध र आलोचना भइरहेको छ। नियुक्तिबारे प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार हो। तर विरोधका आधार तथ्यपरक छन् कि पूर्वाग्रहबाट प्रेरित छन् भन्ने कुरा छुट्याउनु पनि उत्तिकै आवश्यक छ।

प्रश्न : तामाङ समुदायका प्रतिभाशाली व्यक्तित्वहरूमाथि बारम्बार विरोध र आक्रमण किन?
रामबहादुर बम्जन र आनी छोइङ डोल्मा मोक्तानका प्रत्येक घटनाको तथ्य, प्रमाण र सन्दर्भका आधारमा मूल्याङ्कन गर्नु उचित हुन्छ। तर तामाङ समुदायबाट उदाएका व्यक्तित्वहरूका विषयमा बारम्बार विवाद र विरोध देखिँदा एउटा गम्भीर प्रश्न उठ्छ—के हाम्रो समाजले फरक सोच, मौलिक दर्शन र नयाँ सम्भावनालाई सहज रूपमा स्वीकार गर्न सकेको छ?

के यो केवल वैचारिक असहमति हो? परम्परागत सोचसँगको टकराव हो? अथवा यसका पछाडि अन्य कुनै स्वार्थ वा पूर्वाग्रह छन्?
अन्ततः, कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागकै पछि दौडिने कि वास्तविकता बुझेर विवेकपूर्ण निर्णय गर्ने?

युवराज लामाको फेसबुकबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!