बेलायतमा आइपुगे रास्वपा सांसद मनिष झा, गोर्खा र नागरिकताका मुद्दामा पनि छलफल हुने

SHARE:

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य (सांसद) मनिष झा ३० अक्टोबरमा बेलायत आइपुगेका छन्।

संघीय संसद्मा गठन गरिएको नेपाल–बेलायत संसदीय मैत्री समूहका अध्यक्षसमेत रहेका झालाई रास्वपा प्रवास विभाग बेलायतका पदाधिकारीलगायतले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए। उनी बेलायती सांसद एलेक्स बेकरको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बेलायत आएका हुन्।

बेलायत भ्रमणका क्रममा सांसद झाले यहाँका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, बेलायती सांसदहरू तथा विभिन्न सरोकारवालासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग बेलायतका सदस्य तथा बेलायतवासी नेपाली समुदायसँग पनि विशेष भेटघाट र अन्तरक्रिया गर्नेछन्।

प्रवास विभाग प्रमुखसमेत रहेका झाले बेलायतमा रास्वपा प्रवास विभागले गरिरहेका गतिविधि तथा यसको प्रभावका बारेमा जानकारी लिनेछन्। बेलायतमा पार्टीको संगठनलाई थप प्रभावकारी बनाउँदै अन्य आसपासका देशहरूमा समेत सकारात्मक प्रभाव र संगठन विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने सांसद झाले विमानस्थलमा सञ्चारकर्मीमाझ जानकारी गराए ।

भ्रमणका क्रममा नागरिकता तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित मुद्दा र उनीहरूका सरोकारका विषयमा कानुन निर्माताका रूपमा रास्वपाबाट अपेक्षा गरिएका विषयहरूमा पनि छलफल हुने जनाइएको छ।

त्यस्तै, शिक्षा, व्यापार तथा व्यवसायका क्षेत्रमा नेपाल र बेलायतबीच सहकार्य विस्तार गर्ने सम्भावनाका विषयमा पनि छलफल हुनेछ। बेलायतस्थित नेपाली राजदूतावास तथा विश्वविद्यालयहरूसँग समन्वय र सहकार्यका अवसर पहिचान गर्न सकिने विषयसमेत भ्रमणका क्रममा उठाइने बताइएको छ।

सांसद झा आइतबार, १ नोभेम्बर २०२६ मा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग बेलायतद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!