बेलायतमा शनिबार र आइतबार लगातार ‘पेन्सन पट्टा’ प्रदर्शन, दर्शकलाई उपस्थितिको अपिल

SHARE:

लन्डन । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतका एम्सबरी र फेल्थममा प्रदर्शन हुने भएको छ। चलचित्रको अक्टोबर ३१, शनिबार साँझ ६ बजेदेखि एम्सबरीस्थित बोउमन सेन्टरमा हुँदैछ। निर्माता तथा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले एम्सबरी तथा टिडवर्थ क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायलाई चलचित्र हेर्न उपस्थित हुन हार्दिक अनुरोध गरेका छन् ।

उनले ‘पेन्सन पट्टा’ हेर्न इच्छुक दर्शकहरूका लागि अक्टोबर ३१ एउटा विशेष अवसर भएको उल्लेख गर्दै सबैलाई उपस्थितिका लागि हार्दिक स्वागत गरेका छन् ।

यसैगरी, चलचित्रको अर्को प्रदर्शन नोभेम्बर १ अर्थात् आइतबार लन्डनको फेल्थमस्थित एसेम्बली हलमा दिउँसो ४ बजेदेखि हुने भएको छ। उक्त प्रदर्शनका लागि प्रवेश शुल्क १५ पाउन्ड तोकिएको छ।

चलचित्रका निर्माता भोज गुरुङले फेल्थम, हाउन्स्लो, हेज, इस्टन तथा हाउटनलगायत आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई चलचित्र हेर्न उपस्थित हुन हार्दिक अपिल गरेका छन् । उनले ‘पेन्सन पट्टा’ सबै समुदायसँग जोडिन सक्ने जीवनका कथा–व्यथामा आधारित चलचित्र रहेको उल्लेख गर्दै लन्डन क्षेत्रमा यो अन्तिम प्रदर्शन हुन सक्ने सम्भावना रहेकाले अवसर नगुमाउन आग्रह गरेका छन् ।

संस्कृतिविद् तथा गीतकार एकेन्द्र गुरुङले ‘पेन्सन पट्टा’ दर्शकहरूको मन–मनमा बस्न सफल सुपरहिट चलचित्र भएको उल्लेख गर्दै कसैले पनि हेर्न नछुटाउन सम्बन्धित सबैमा सविनय अनुरोध गरेका छन् ।

निर्माता तथा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले फेल्थमवासी नेपाली समुदायका लागि आफ्नै सहरमा चलचित्र हेर्ने सुनौलो अवसर रहेको बताउँदै आफ्नो अमूल्य समय मिलाएर उपस्थित भई चलचित्र हेरिदिनुहुन तथा माया, साथ र सहयोग प्रदान गरिदिन हार्दिक अनुरोध गरेका छन् । उनले दर्शकहरूको साथ र सहयोगको अपेक्षासहित सम्पूर्ण नेपाली समुदायप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

चर्चित निर्देशक माउत्से गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’लाई मीनप्रसाद गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ), सपना गुरुङ (स्टेसन, निवा गल्ली) लगायतले निर्माण गरेका हुन् ।

चलचित्रमा बेलायतवासी चर्चित कलाकार गौमाया गुरुङका साथै नेपालका लोकप्रिय अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, माया गुरुङ, स्व. सुनिल थापालगायतका कलाकारहरूको अभिनय छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!