एनआरएनए एनसीसीको नेतृत्व क्षमता निखार्न तीनदिने कार्यशाला

SHARE:

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्विस सरकारको सहकार्यमा मेरिड्यू परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो।

कार्यशालामा खाडी मुलुकका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार तथा मलेसियालगायतका देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल रूपमा सहभागी भएका थिए। कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, आईसीसीका पदाधिकारी, सहकोषाध्यक्ष गंगा खतीवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती तथा एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्यायलागायतको उपस्थिति रहेको थियो।

त्यस्तै, विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारी, अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय संयोजक रोनी धौभाडेल तथा सचिवालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

समापनका अवसरमा तीनदिने कार्यशालामा सहभागी एनसीसी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यशालामा संस्थागत नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, उद्धार र सहयोगसम्बन्धी विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यशालाले एनसीसी पदाधिकारीहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विभिन्न देशका एनसीसीबीच अनुभव आदानप्रदान र समन्वय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!