बीसीसी युकेको दोस्रो त्रैमासिक सभा सम्पन्न

SHARE:

लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके कार्यसमितिको दोस्रो त्रैमासिक सभा सम्पन्न भएको छ । गत शनिबार १२ जनवरीमा बीसीसी गुम्बामा सो सभा सम्पन्न भएको हो । सभामा उपाध्यक्ष हर्क गुरुङले अल्डरसटस्थित बीसीसी गुम्बाको पहिलो तला निर्माणबारेमा जानकारी गराए । भवन निर्माण यही जनवरी अन्तिम हप्ताबाट सुरु हुने छ । पाँच महिनाको अवधिमा पूरा गर्ने लक्ष्य लिइएको भवन निर्माण लागत तीन लाख सत्तरी हजार पाउन्डमा अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताए । उनले भवन निर्माणलाई सफल पार्न सम्पूर्ण भक्तजनहरुलाई अनुरोध पनि गरेका थिए ।

गुम्बाको पहिलो तला निर्माण अवधिभर भक्तजनहरुलाई पर्न गएको असुविधाबारे गुम्बाको तर्फबाट अग्रिम क्षमा माग्दै उनले गुम्बाको सम्पूर्ण पूजापाठ सदाझैँ सञ्चालन हुने बताए ।
बीसीसी युकेको पहलमा बीसीसी युके लन्डन शाखाले पनि सामाजिक भवन तथा गुम्बाको भवन भाडामा लिने सम्झौताको प्रक्रिया अगाडि बढिरहेको उपाध्यक्ष धर्म तामाङले जानकारी दिए । आगामी वर्षबाट बीसीसी युकेले दोभाषे बोल्न सक्ने गुरु नेपालबाट झिकाउने र यस कार्यको लागि सम्पूर्ण जिम्मेवारी संस्थाका उपाध्यक्ष आङदावा शेर्पालाई दिने निर्णय पनि गरिएको छ । बीसीसी युकेले अगामी मे १८ शनिबारको दिनमा ढुपसिंग रिन्पोछेको उपस्थितमा धुमधामका साथ बुद्ध जयन्ती मनाउने र बीसीसी युके १२ वर्ष पुगेको अवसरमा स्मारिका पुस्तक विमोचन गर्ने निर्णय गरेको जनाएको छ । बुद्ध जयन्तीको संयोजन उपाध्यक्ष धर्म तामाङले गर्नेछन् ।

सभामा गत २०१८ डिसेम्बर ३० भएको तमु ल्होछार कार्यक्रमको बारेमा आमा टोलीकी अध्यक्ष पुष्पा गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ साथै सम्पूर्ण कार्ससमितिबाट विश्लेषण गरिएको थियो । आगामी दिनहरुमा गुम्बाको पूजापाठ तथा अन्य कार्यक्रमहरुमा कार्यसमितिहरु अझ जागरुक भएर लाग्ने, सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । बीसीसी युकेले आगामी दिनबाट लेखापालको लागि पेपर वर्क सोलुसनलाई जिम्मेवारी दिने निर्णय गरेको छ । सभामा पेपर वर्क सोलुसनको डाइरेक्टर राजा थापालाई पनि खादाबाट सम्मान गरिएको थियो ।

आउँदो वर्षबाट तमु ल्होछारको संयोजक बनेर सम्पूर्ण जिम्मेवारी लिन संस्थाका सल्लाहकार मेजर खुसीमान गुरुङले इच्छा राखेकोले उनलाई उनलाई बधाइ दिइएको थियो । हाल बीसीसी युकेमा रहेका खेन्पो गुरुलाई संस्थाको तर्फबाट औपचारिक रुपमा खादा र पूmलले सम्मान गर्दै बिदाई गरिएको थियो । उनी ५ महिनाअघि बीसीसी युकेको निमन्त्रणामा युके आएका थिए ।
बैठकमा संस्थापक अध्यक्ष काजी शेर्पा, निवर्तमान आमा समूहकी अध्यक्ष ज्ञानु गुरुङ, निवर्तमान महासचिब आसबहादुर गुरुङ साथै सम्पूर्ण कार्यसमितिको उपस्थिति थियो । बिहान १० बजेबाट सुरु भएको सभा २ बजेसम्म सञ्चालन भएको थियो ।

नरेश गुरुङको अध्यक्षतामा भएको सभा महासचिव रविन गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!