भोजपुरका कृष्णबहादुर काङमाङ राई स्मृति प्रतिष्ठान र १ लाख राशिको पुरस्कार स्थापना

SHARE:

काठमाडौं । नेपाली लोकसंस्कृति, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्‍याएका कृष्णबहादुर काङमाङ राईको स्मृतिमा परिवारले पुरस्कार स्थापना गरेको छ ।

कृष्णबहादुर काङमाङ राई स्मृति प्रतिष्ठान स्थापना गरी नेपाली साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा तथा साधकलाई हरेक वर्ष एक लाख दुई रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

पूर्वेली लोकदोहोरीका कुशल गायक राई लोकदोहोरी गीतबारे असाधारण ज्ञान राख्ने व्यक्तित्वका रूपमा परिचित थिए । उनका छोरा तथा पहिचान पुरस्कारका संस्थापक काङमाङ नरेश राईले परिवारका तर्फबाट प्रतिष्ठान स्थापना गरिएको जानकारी दिए ।

कृष्णबहादुर काङमाङ राईको जन्म १९९९ असोज १५ मा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४, नागीमा भएको थियो । उनको निधन २०८२ भदौ २६ मा भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!