‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

SHARE:

काठमाडौं । ‘डम्फु सेलो’ कार्यक्रमको एक सय श्रृङ्खलालाई विश्लेषणात्मक रूपमा अध्ययन गरी तयार गरिएको पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण भएको छ ।

पुस्तक लेखक तामाङसहित अनुसन्धाता राई, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम वाइबा तामाङ, पूर्वमन्त्री सूर्यमान दोङ, तामाङ संस्कृतिविद् मानवशास्त्री बुद्धिबहादुर ङेसुर तामाङ, कवि एवं आख्यानकार बिना थिङ, सेलो गायक रोजबहादुर मोक्तान, लेखक एवं अध्यता रवीन्द्र तामाङलगायतले काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पत्रकार तथा लेखक सुशीला तामाङको लेखन रहेको पुस्तकको सम्पादन अनुसन्धादाता, अध्यता कैलाश राईले गरेकी हुन् । पुस्तकमा डम्फु सेलोको पृष्ठभुमि, सेलो र डम्फुको अन्तरसम्बन्ध, डम्फुको निर्माणको इतिहास, सेलो संगीतको आयामलगायत पक्षलाई संक्षिप्त ढंगले केलाउँदै विशेषगरी डम्फु सेलो कार्यक्रमको एक सय शृङ्खलालाई जोड दिएर अध्ययन तथा विश्लेषण गरिएको छ । पुस्तकमा कार्यक्रमको सुरुवाती कथा, संचालनको संघर्ष, चुनौती र आम दर्शक प्रेमीहरुको साथ एवं प्रेम, कार्यक्रममा उपस्थित अतिथि टोलीको धारणालाई समेत समेटिएको छ ।

पुस्तकको लोकार्पणपछि ‘तामाङ संस्कृति र डम्फु सेलो’ विषयक छलफल कार्यक्रम गरिएको थियो । छलफलमा राज्यमन्त्री तामाङ, तामाङ संस्कृतिविद् मानवशास्त्री ङ्यासुर तामाङ, कवि एवं आख्यानकार थिङ र सेलो गायक मोक्तानले पुस्तक एवं तामाङ पहिचान, इतिहास, सभ्यता, सेलो संगीतको विविध आयामबारे परिचर्चा गरेका थिए ।

छलफलको सहजीकरण डम्फु सेलो कार्यक्रमका निर्माता एवं प्रस्तोता जगतमान दोङ तामाङले गरेका थिए। प्रस्तोता दोङले भने, ‘आजको “डम्फु सेलो शतक यात्रा” लोकार्पण र “डम्फु सेलो” को १२७औं अंक । दुवै कार्यक्रमबाट म र मेरो टिम हार्षित । सबैलाई धन्यवाद ।’ उनले डम्फु सेलो प्रसारण र पुस्तक प्रकाशन गर्ने लामो समयको सपना अहिले साकार भएकोसमेत सुनाए । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!