पूर्वअर्थमन्त्री वर्षमान पुनको प्रतिबद्धताअनुसार गोर्खा मुद्दामा पहल : परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट

SHARE:

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वअर्थमन्त्री एवं सांसद् वर्षमान पुनले बेलायत भ्रमणका क्रममा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारसँग गरेको प्रतिबद्धताअनुसार गोर्खा मुद्दामा राष्ट्रिय सहमति जुटाउन पहल थालेका छन्।

गत महिना बेलायत भ्रमणका क्रममा गोर्खाहरूको मागमा राष्ट्रिय सहमति जुटाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका पुनले त्यसैअनुसार बुधबार काठमाडौंमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका सांसदहरूसँग सर्वदलीय छलफल गरेका छन्। त्यसको निरन्तरतास्वरूप बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

पुनले बिहीबार (कात्तिक १९) सिंहदरबारस्थित परराष्ट्रमन्त्री शिशिर खनालको कार्यकक्षमा भेटवार्ता गरेको गेसो सभापति कृष्णकुमार राईले जानकारी गराएका छन्। भेटमा बेलायत सरकारसँग भइरहेको जीटुजी वार्ता र ब्रिटिश गोर्खाका समान कामको समान सेवा–सुविधासम्बन्धी मागबारे छलफल भएको थियो। भेटमा गोर्खा समूहका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

यसरी पुनले बेलायतमा गोर्खाहरूसँग गरेको प्रतिबद्धताअनुसार पहिले राजनीतिक दलहरूबीच साझा धारणा बनाउन र त्यसपछि सरकारसँग प्रत्यक्ष छलफल अघि बढाएका छन्।

पुनको संयोजनमा बुधबार साँझ काठमाडौंको बत्तीसपुतलीमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् तथा प्रतिनिधिहरू सहभागी थिए। बैठकमा सहभागी दलका प्रतिनिधिहरूले ब्रिटिश गोर्खा सैनिकका समान पेन्सन, समान कामको समान सेवा–सुविधालगायत मागप्रति ऐक्यबद्धता जनाउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘नेपाल गएर तपाईंहरूका मागमा सहमति जुटाउन प्रयास गर्छु भनेको थिएँ,’ पुनले बैठकमा भनेका थिए, ‘त्यही प्रतिबद्धताअनुसार हामी आज यहाँ छलफलमा जुटेका छौँ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!