लन्डन । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शेर्पा फाउन्डेसनले ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी उक्त रकम शुक्रबार गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै, अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री एन्सर्ज गुरुङले पनि बाढीपीडितको सहयोगका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।






