नेपालमा प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन सम्पन्न

SHARE:

काठमाडौं । सुनसरीको इटहरीमा प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन सम्पन्न भएको छ ।

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको मुख्य आयोजना तथा कोशी प्रदेश कार्यसमिति र नेपाल मगर संघ इटहरी नगर समितिको सहआयोजनामा बिहीबार र शुक्रबारदेखि सम्मेलन सञ्चालन भएको हो ।

सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मादल र बाँसुरी बजाएर उद्घाटन गरेका थिए । मगर समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा, भेषभूषा, रहनसहन तथा ऐतिहासिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । मगर समुदायको मौलिक संस्कृतिलाई नेपाल सरकारमा सूचीकृत गराउने लक्ष्यसमेत सम्मेलनले राखेको आयोजकले जनाएको छ ।

हुर्रा मगर समुदायको मौलिक सांस्कृतिक पहिचान, सामूहिक एकता, आपसी सद्भाव र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदासँग जोडिएको परम्परा हो । यस्तो मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व भएको आयोजकको भनाइ छ ।

सम्मेलनले मगर समुदायको मौलिक सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न, विभिन्न क्षेत्रका मगर समुदायबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्न तथा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन योगदान पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिकी महासचिव रन्जिता थापा मगरले प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन–२०८३ लाई कात्तिक १९ र २० गते भव्य तथा सभ्य रूपमा सफल बनाउन अमूल्य साथ, सहयोग, सद्भाव र महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेकी छन् ।

‘विशेषगरी, यस ऐतिहासिक सम्मेलनलाई सफल बनाउन अभिभावकीय भूमिका, साथ र सहयोग प्रदान गर्नुहुने कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीज्यू, नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष श्री रक्षा रैका मगरज्यू, नेपाल मगर संघ कोशी प्रदेशका अध्यक्षज्यू, नेपाल मगर सांस्कृतिक संघ कोशी प्रदेशका अध्यक्ष श्री रवि पुलामी मगरज्यू तथा नेपाल मगर संघ इटहरी उपमहानगर समितिका अध्यक्ष श्री ध्वज मिरिङचिङ मगरज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुने नेपाल मगर संघ सुनसरी अध्यक्ष चित्रा थापा मगर ज्यु नेपाल मगर सांस्कृतिक संघ सुनसरी अमित थापा मगर ज्यु, नेपाल मगर संघ धरान उपमहानगर समिति का अध्यक्ष ज्यु चित्र थापा मगर ज्यु लगायत सम्पूर्ण व्यवस्थापक, सहयोगी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।’

सबैको एकता, सहकार्य, समर्पण र अमूल्य योगदानकै कारण यो ऐतिहासिक सम्मेलन सफल बनाउन सम्भव भएको बताउँदै सम्मेलनले मगर समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा र प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गरिन् ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!