नेपालका पर्यटनमन्त्री खडकराज पौडेलसँग सीएनसीबीजीको अन्तरक्रिया : अध्यक्ष रानाले बुझाए अवधारणापत्र

SHARE:

लन्डन । नेपाली वंशजको नागरिकता निरन्तरतासम्बन्धी विषयमा बेलायतस्थित नेपाली समुदायले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)सँग अन्तरक्रिया गरेको छ।

बिहीबार, ५ नोभेम्बर २०२६ मा बेलायतको सैनिक सहर अल्डरसटस्थित एम्पायर हलमा नेपाली वंशजको नागरिकता निरन्तरता (सीएनसीबीजी)ले उक्त कार्यक्रम आयोजना गरेको हो।

गोर्खा भर्तीका कारण बेलायतमा बसोबास गर्दै आएका हजारौँ पूर्वगोर्खा सैनिक तथा उनीहरूका सन्ततिको भविष्यसँग जोडिएको वंशजको नागरिकता निरन्तरताको संवेदनशील विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा मन्त्री पौडेलले नेपाली वंशजको नागरिकता निरन्तरतासम्बन्धी नेपाल सरकारको पछिल्लो अवधारणाबारे जानकारी गराउँदै सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिएका थिए।

मन्त्रीको मन्तव्यपछि सीएनसीबीजीका अध्यक्ष थर्क रानाले संस्थाका तर्फबाट थप जिज्ञासा तथा चासो राख्दै संस्थाको आधिकारिक अवधारणापत्र मन्त्री पौडेललाई बुझाएका थिए।

यसअघि विभिन्न समयमा बुझाइएका ज्ञापनपत्रको आधिकारिक जवाफ प्राप्त नभएकाले नागरिकता निरन्तरतासम्बन्धी समस्याबारे सरकारलाई थप अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले अवधारणापत्र बुझाइएको आयोजकले जनाएको छ।

छोटो समयको सूचनामा पनि विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, सीएनसीबीजीका समर्थक, शुभचिन्तक र अभियानकर्मीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यूकेका प्रतिनिधि एवं समाजसेवी ज्ञान गुरुङलाई आयोजकले विशेष धन्यवाद दिएको छ।

सीएनसीबीजीले नेपाली वंशजको नागरिकता निरन्तरतासम्बन्धी अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका नेपालीहरूको निरन्तर सहयोग, ऐक्यबद्धता र समर्थनको अपेक्षा गरेको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!