अनेसास युकेद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न

SHARE:

बेलायत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युकेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्ती भव्यताका साथ मनाएको छ। उक्त कार्यक्रम शनिबार, ७ नोभेम्बर २०२६ का दिन भर्चुअल माध्यम (जुम) मार्फत आयोजना गरिएको थियो।

महाकविको जन्मजयन्तीका अवसरमा अनेसास केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, अनेसास नेपाल च्याप्टरका अध्यक्ष, कार्यक्रमकी प्रमुख अतिथि एवं महाकविकी नातिनी मञ्जिला अनिल तथा मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेले आ-आफ्ना रचना वाचनका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न देशबाट सहभागी साहित्यकारहरूले सिर्जना वाचन तथा गीत प्रस्तुत गरेका थिए। सोही अवसरमा वरिष्ठ साहित्यकार डा. रूपक श्रेष्ठ र मञ्जिला अनिलबीच ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति प्रतिष्ठान’का विषयमा विशेष अन्तरक्रियासमेत सम्पन्न भएको थियो।

अनेसास युकेकी कार्यवाहक अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेसास युकेका निवर्तमान अध्यक्ष, युरोप महादेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राज श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन भने महासचिव मञ्जु भण्डारी खरेलले गरेकी थिइन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!