ताप्लेजुङ । ताप्लेजुङ समाज यूकेले दोभानका आगलागीपीडितलाई २ लाख रुपैयाँ राहत वितरण गरेको छ ।
समाजका प्रतिनिधि अञ्चल नाल्बोको उपस्थितिमा ७ नोभेम्बर २०२६ (२०८३ कात्तिक २१) मा दोभानका १६ पीडित परिवारलाई १२ हजार ५०० रुपैयाँ दरले कुल २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको हो । समाजका अध्यक्ष जीवन मादेन र विशेष समन्वयकर्ता सम्शेर वनेमलगायतको पहलमा बेलायतमा राहत संकलन गरिएको थियो ।

क-कसले पाए नगद राहत ?

त्यसैगरी, ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले पनि १६ परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ। समितिले प्रतिपरिवार एक बोरा चामल, दुई केजी नुन, दुई केजी दाल र डेढ लिटर तेल उपलब्ध गराएको हो।







