जिआरएनसी युकेद्वारा रिमेम्बरेन्स सर्भिस तथा स्मृति दिवस भव्य रूपमा सम्पन्न

SHARE:

बेलायत – ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले यस वर्षको ‘रिमेम्बरेन्स सर्भिस’ तथा स्मृति दिवस शनिबार, ७ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा भव्य रूपमा मनाएको छ।

उक्त स्मृति दिवसमा बेलायती सांसद एलेक्स वेकर, बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, सैनिक सहचारी ब्रिगेडियर अनुप शाह, कर्नेल बिजी, अल्डरसट ग्यारिजन कमान्डर, रसमर बरो काउन्सिलका मेयर, उपमेयर, काउन्सिलरहरू, क्यूओजीएलआरका सिओ, गोर्खा मेजर, आरएसएम, भिक्टोरिया क्रस कुलवीर थापा मगर र गजे घलेका परिवारजन लगायत बेलायतमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

जिआरएनसीका अध्यक्ष लीला सेलिङ माबोको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा सांसद एलेक्स वेकर र कार्यवाहक राजदूत विपिन दुवाडीले स्मृति दिवसको महत्त्वमाथि प्रकाश पार्दै मन्तव्य राखेका थिए। त्यस्तै, जिआरएनसीका संरक्षक क्याप्टेन ग्यारी घलेले स्मृति दिवसको साइटेसन वाचन गरेर सुनाएका थिए।

संस्थाका महासचिव ले. सुनील राना मगरले भिसी कुलवीर थापाको जीवनी वाचन गर्नुका साथै कार्यक्रमको सञ्चालन गरेका थिए भने उपाध्यक्ष, काउन्सिलर तथा कार्यक्रम संयोजक उत्तरबहादुर गुरुङको संयोजकत्वमा सम्पूर्ण कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी पूरा गरिएको थियो।

स्मृति दिवसको अवसरमा ब्रिटिश लिजनका ब्याण्ड, बिगुल र पाइपरका धुनहरू प्रस्तुत गरिएको थियो भने ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बिजीडब्लुएस) का स्ट्यान्डर्ड ब्यारियर र सेवारत सैन्य जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त स्मृति दिवसमा जिआरएनसीका पुर्व अध्यक्ष, संरक्षक, ट्रष्टी, सल्लाहकारहरुले स्वयंसेवकको भुमिका निभाएका थिए भने सयौं जना सर्वसाधारणको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!