ईलमपोखरी समाज यूकेको ल्होछारमा गायिका पवित्र गुरुङको विशेष प्रस्तुति

SHARE:

लन्डन । त ल्होको बिदाइ तथा ल्हु ल्होको स्वागतको पावन अवसरमा ईलमपोखरी समाज यूकेले आगामी १९ डिसेम्बर २०२६, शनिबार ल्होछार कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ।

बेलायतको फार्नबरोस्थित सामुयल कोडी स्पेसल कलेजको मुख्य हलमा आयोजना हुने कार्यक्रममा नेपालबाट आएकी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ की नकआउट राउन्डसम्म पुग्न सफल चर्चित गायिका पवित्र गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने अध्यक्ष परशु गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम दिउँसो १ बजेदेखि राति १० बजेसम्म हुनेछ ।

कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य, तमु समुदायको मौलिक पहिचान बोकेको सोरठी नाच, भाग्यशाली चिट्ठा तथा विभिन्न औपचारिक कार्यक्रम समावेश गरिने समाजले जनाएको छ।

त्यसैगरी, जीसीएसई, ग्र्याजुएसन, पदोन्नति तथा अन्य विशेष उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष गुरुङले बताए।

समाजले तमाम बाबुआमा, मामामाइजू, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सपरिवार उपस्थित भई ल्होछारको खुसी साटासाट गर्न आग्रह गरेको छ। साथै, अन्य जिल्लामा विवाह गरी गएका चेलीबेटी, ज्वाइँ तथा भान्जाभान्जीहरूलाई समेत माइती समाजको कार्यक्रम सम्झेर उपस्थित हुन चुले निम्तो दिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!