लन्डन । नेपालमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि बेलायतबाट १२ हजार ५०० पाउन्ड पाउन्ड सहयोग गरिएको छ।
बाढीपीडितको सहयोगार्थ संकलित १२ हजार ५०० पाउन्ड (करिब २५ लाख ५० हजार रुपैयाँ) नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हेल्फ फर नेपालले जनाएको छ । उक्त रकम गत २९ सेप्टेम्बर २०२६ मा नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
सहयोग रकम हस्तान्तरणको औपचारिकता पूरा गर्न सोमबार १६ नोभेम्बरमा नेपाली राजदूतावास लन्डनमा कार्यवाहक राजदूत विपिन दुवाडलाई चेक हस्तान्तरण गरिएको हो ।
अभियानमा आर्थिक सहयोग तथा विभिन्न माध्यमबाट साथ दिने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ। प्राप्त सहयोगले बाढीबाट प्रभावित नेपालीहरूको राहत तथा पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।






