फेसबुकलाई कारबाही गर्नुपर्ने पक्षमा बेलायतका जनता

SHARE:

पछिल्लो समय समाजिक सञ्जाल फेसबुक डाटा चोरी काण्डमा मुछिएको छ । आफ्नो प्रयोगकर्ताको खाताको सुरक्षा फेसबुकबाट चोरी भएको उसले स्वीकार गरिसकेको छ र यसका लागि माफी समेत मागीसकेको छ । यसका लागि फेसबुकका संस्थापक मार्क जुगरवर्गलाई विभिन्न देशको संसदमा गएर स्पष्टीकरण समेत दिनुपरेको छ ।

हालै उनले अमेरिकी सिनेटमा गएर डाटा चोरी भएको विषयमा स्पष्टीकरण दिए । करिब एक करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले भनेको छ । यसरी डाटा चोरी हुनेमा अमेरिकी र बेलायती बढी छन । बेलायतमा झण्डै ३५ लाख प्रयोगकर्ताको डाटा चोरी भएको खुलेको छ । बेलायती संस्था क्याम्व्रिज एनालिटिकासंग सहकार्य गर्दा यो चोरी भएको फेसबुकले दावी गर्दै आएको छ । यता बेलायतमा भने फेसबुकलाई कारवाही गर्नुपर्ने मागहरु बढीरहेको छ । पछिल्लो समय गरिएको एक अध्ययनमा बेलायत सरकारलाई फेसबुकलाई कारवाही गर्नुपर्ने संख्या धेरै देखिएको छ ।

बेलायती समाचार संस्था द इन्डिपेण्डेन्सले गरेको यो अध्ययनमा यस्तो देखिएको हो । फेसबुकलाई आफ्नो डाटा दुरुपयोग गरेर कानुन उल्लंघन गरेको बेलायतीहरुको आरोप छ । यो अध्ययनमा सहभागीहरु मध्ये ६० प्रतिशतले फेसबुकमाथि कडा जरिवाना सरकारले गर्नुपर्ने बताएका थिए । फेसबुक र यसका संस्थापक मार्क जुगरवर्गले आफ्नो प्रयोगकर्ताको सुचना सुरक्षा गर्न नसकेको आरोप लगाएका थिए । यसका लागि फेसबुक कारवाहीको दायरामा आउनुपर्ने उनीहरुले बताएका थिए ।

यो अध्ययनमा सहभागी जम्मा १० प्रतिशत प्रयोगकर्ता फेसबुकमाथि कारवाही गरिए अन्यायपुर्ण हुने बताएका थिए । यो सर्भेमा सहभागी २१ प्रतिशतले भने कारवाही गरेपनि नगरेपनि आफुलाई कुनै फरक नपर्ने बताँएका थिए । यो अध्ययनमा सवै उमेर समुहका मनिसहरु सहभागी थिए भने सवै समुहले फेसबुकमाथि कारवाही आवश्यक रहेको बताएका थिए । अध्ययनमा सहभागीहले फेसबुक संस्थापक मार्ग जुगरबर्गले कसरी डाटा चोरी भएको र के कामका लागि दुरुपयोग भएको बारेमा समेत बेलायती संसदमा जानकारी गराउनुपर्ने बताएका थिए ।

फेसबुक प्रयोगकर्ताका सुचना दुरुपयोग भएको फेसबुकले स्वीकार गरेपनि यसको प्रयोग के कामका लागि भएको भन्ने फेसबुकले अझै भनेको छैन । तर उनले डाटा दुरुपयोग गरेको बेलायती कम्पनी एनालिटिकासंगको सम्वन्ध भने तोडिसकेको बताएको छ । जानकारहरुका अनुसार यो डाटा अमेरिका राष्टपति निर्वाचनको बेला समेत दुरुपयोग गरिएका थिए । तर यसको पुष्टि हुन भने बाकी छ । यसरी प्रयोगकर्ताको डाटा चोरी भएपछि फेसबुकको यतिवेला विश्वव्यापी रुपमा विरोध भैरहेको छ । विश्व शेयर बजारमा फेसबुकको शेयर पनि घट्दो क्रममा देखिएको छ ।

बेलायतका संस्कृति मन्त्रीले यसअघि नै फेसबुकमाथि कारवाही हुनसक्ने आशायको अभिव्यक्ति सार्वजनिक गरिसकेका छन । उनले यादि सुचना सुरक्षामा विषयमा समाजिक सञ्जालले प्रयोग कर्ताको सुरक्षा गर्न नसकेमा संसदबाट विश्व बजारको ४ प्रतिशत हिस्सासम्म जरिवाना गर्न सक्ने बताएका थिए । मन्त्रीको यस्तो चेतावानीपछि बेलायतमा फेसबुकले ठुलै चुनौतीको समाना गर्नुपर्ने देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!