कराँते टोली युएई प्रस्थान, वादोरियो टोली भारत जाने

SHARE:

काठमाडौँ । जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली बिहीबार युएईको शारजहाँ गएको छ । यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण विष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिञ्चोक दोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा गजेन्द्र साउद र विनोद शाक्य गुभाजु, व्यवस्थापकमा सिर्जना ढुङ्गाना र गणेशप्रसाद अर्याल तथा निर्णायकमा सिर्जना अधिकारी र हीरादेवी राई हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै पूर्वमन्त्री लेखराज भट्टले बुधबार बिदाइ गरेका थिए ।

वादोरियो टोली भारत जाने

तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहितको नौ सदस्यीय नेपाली वादोरियो कराँते टोली बिहीबार नै भारतको विशाखापट्टनम प्रस्थान गर्ने भएको छ ।

भारत जाने खेलाडीमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आआफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । टोली नेतामा नेपाल वादोरियो कराँते डो सङ्घका अध्यक्ष एवं नेपाल कराँते महासङ्घका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अङ्कध्वज परियार रहनुभएको छ ।

टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!