चिम्खोले काइँला
लन्डन । नेपालका चर्चित तथा वरिष्ठ संगीतकार बिबी अनुरागी यसबेला युकेमा आइपुगेका छन् |
सिर्जनशील नेपाली समाज युकेले उनलाई समाजको १० औं वार्षिकोत्सव तथा स्थापना दिवसको लागि विशेष अतिथिको लागि निम्त्याइको हो | बाग्लुङ भकुण्डेमा जन्मेका अनुरागीको धौलागिरि अञ्चलको हरेकगाउँ र बस्तीहरुमा गीत, संगीतको लागि धेरैवर्षसम्म भौतारिँदै संघर्ष गरेका थिए | धेरै वर्षको संघर्षपश्चात् उनले रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरी २०५१ सालमा “दुखी मुहार आँशुले धुँदै” भन्ने लोकगीत रेडियो नेपालबाट रेकर्ड गराएपश्चात् उनलाई फर्केर हेर्न परेको छैन |

बिबी अनुरागीले गायनबाट सुरुआत गरेका भए पनि धेरैवर्षको संघर्षपछि उनी हाल आएर एकमात्र नेपालको भर्सटाइएल संगीतकारको रुपमा स्थापित भएका छन् | उनले संगीतका हरेक विधामा दह्रो संगीत दिनसक्ने अदभूत क्षमता राख्दछ |
चर्चित तथा वरिष्ठ संगीतकार अनुरागीले युकेमा रहँदा उनको निर्देशनमा भरिएका संगीतहरु तथा युकेबासी स्रष्टाहरुको गीतहरुलाई प्रथामिकता दिएर उनले आगामी शनिबार मे २६ को दिन हुने कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गरेका छन् |
उनी युकेमा रहँदा चर्चित गायक/गायिकाहरु तथा स्रष्टाहरुसँग उनका कला प्रस्तुत हुने छ |






