काठमाडौं । जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए । शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ ।






