मोदी र सीबीच बार्ता

SHARE:

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच दोस्रो दिन शनिबार पनि भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका मोदी र राष्ट्रपति शीले बुहान शहरको इस्ट लेकमा थुप्रै मुद्दामा कुराकानी गरेका हुन ।

दुबै नेता स्थानीय चिया पिउँदै तथा डुंगामा चढेर द्विपक्षीय हितका बारेमा वार्तामा संलग्न रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई नेताले आतंकवादलाई साझा खतरा मान्दै यसलाई रोक्न सहयोग बढाउने प्रतिवद्धता जनाएको भारतीय विदेश सचिव विजय गोखलेलाई उद्धृत गर्दै समाचारहरुले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि शीसँग भेटवार्ता गरेको तस्वीर ट्वीट गर्दै द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी भएको जानकारी दिएका छन् । कृषि, प्रविधि, उर्जा र पर्यटनको क्षेत्रकाबारेमा कुराकानी भएको मोदीले उल्लेख गरेका छन् । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!