एटा संवाददाता
लन्डन । गोर्खा नेप्लिज टेनिस क्लब यूकेले स्प्रीङ्ग टेनिस प्रतियोगिताको आयोजना गरेको छ । गत शनिबार ६ अप्रिलका दिन अल्डरसटस्थित आर्मी टेनिस क्लबमा आयोजना गरिएको हो ।
प्रतियोगिताको ओपन ‘ए’ तर्फ कृष्ण गुरुङ विजेता र डमर पुन उपविजेता बने भने ओपन ‘बि’ तर्फ धिरज पुन विजेता र मिन पुन उपविजेता भए ।
त्यस्तै, भेटरन ‘ए’ तर्फ नर्मजङ्ग गुरुङ विजेता र तेजमान गुरुङ उपविजेता बने भने भेटरन ‘बि’ तर्फ शान्त गुरुङ विजेता र प्रेम राई उपविजेता बन्न सफल भए ।
दर्शकहरुको समेत बाक्लो उपस्थिति रहेको प्रतियोगिताको डबल क्याटोगोरीतर्फ क्या. मोहन गुरुङ र मिलन गर्बुजाले प्रथम स्थान हासील गर्न सफल भए भने धन गुरुङ र जीवन गुरुङले दोस्रो स्थान हासील गरे । क्लबका सचिव क्या. मोहन गुरुङको संयोजकत्वमा सम्पन्न सो खेलमा खानाको व्यवस्थापन सदस्य पञ्च पुनले गरेका थिए भने खेलको व्यवस्थापन कोषाध्यक्ष मोती घलेले गरेका थिए ।
विभिन्न विधाका विजयी खेलाडीहरुलाई क्लबका अध्यक्ष हर्क गुरुङले पुरस्कार वितरण गरेका थिए । क्लबका अनुसार आउने जुन महिनामा समर टेनिस प्रतियोगिता आयोजना गरिने भएको छ ।






