आठौं पाँचथर कप पिए एफसीको हातमा

SHARE:

नगेन्द्रराज नेम्वाङ्ग
फेल्थाम । बेलायतमा पाँचथर समाज सेवा यूकेद्वारा वर्षेनी खेलाउँदै आएको पाँचथर कपको आठौं संस्करण पिए एफसी टिमले हात पारेको छ । सो क्लब एफसी तुङ्बा क्लबलाई १ को विरुद्ध ४ गोल गरी विजयी भएको हो । विजेता पिए एफसी टिमले पाँचथर कप, ट्रफीसहित नगद एक हजार, उपविजेता टिमलाई नगद ५०० पाउन्ड र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै, जिग्गी बुल्स टिमका सलोन गुरुङ टप स्कोरर बने भने पिए एफसी टिमका सुजन श्रेष्ठ बेष्ट प्लेयर बन्न सफल भए ।

बेलायतमा जिल्लाको नामले स्थापना भएका संस्थाहरु थुप्रै छन् । जसमध्ये फुटबल प्रतियोगिता आयोजना गर्ने एकमात्र संस्था पाँचथर समाज सेवा हो । जसले विगत आठ वर्षदेखि संचालन गर्दै आएको फुटबल प्रतियोगिताको आठौं श्रृंखला गत ४ मे २०१९ शनिबारका दिन फेल्थाम कम्युनिटी कलेजको फुटबल मैदानमा खेलाइएको थियो ।

मुख्य, भेटरेन र सुपर भेटरेन गरी ३ समूहमा खेलाइएको सो खेलको भेटरन तर्फको फाइनल खेलमा इलाम एफसीलाई १ को विरुद्ध ३ गोल गरी टिड्बुल्स नामक टिम विजय बनेको थियो । सो समूहतर्फ टिड्बुल्सका मिलन राई टप स्कारेर बनेका थिए भने सुरेश गुरुङ वेष्ट प्लेयर छानिएका थिए ।

त्यस्तै, सुपर भेटरेनतर्फ धरान समाज एफसीले इलाम एफसीलाई पेनाल्टी सुटआउटमा ० को विरुद्ध २ गोल गरी सुपर भेटेरेन कप ह्याट्रिक गर्न सफल भए । धरान समाजले यसअघि दुई पटक सो कप जितिसकेको छ । सो समूहतर्फ धरान समाज टिमका रमेश लिम्बु टप स्कोरर बने भने अमर गुरुङ वेष्ट प्लेयर छानिए ।

पाँचथर समाज सेवा यूकेद्वारा आयोजित आठौं पाँचथर कपमा अध्यक्ष चन्द्र सुन्दास, ननिङटन र रग्बीमा रहेका पान्थरे परिवार, कुलप्रसाद योङया, रुद्र चेम्जोङ्ग, रनबहादुर तावा, दिल सम्बाहाङफे, रकमसिं पेघा, मनकुमार काम्बाङ्ग, महेश्वरी नेम्बाङ्ग, ऐतसिं माबो, समाज सेवाका उपाध्यक्ष राजन राई, सेवारो कलाकार संघ यूके र चित्रा नेम्बाङ्गले ट्रफी प्रायोजन गरेका थिए । त्यस्तै, दिपक तुम्बापो, महेश्वरी नेम्बाङ्ग, हरविन्दर सिंहले समान ओसार्नका निम्ति भ्यानको व्यवस्था गरेका थिए ।
प्रमुख अतिथि कुबेर सिं नेम्बाङ्ग, केवाहाङ्ग चेम्जोङ्ग, स्काई इभेन्ट प्लानरका सूर्य खापुङ्ग, लिला सेलिङ्ग माबो, याक्थुङ्ग माङ्गेना चुम्लुङ्गका अध्यक्ष कमला लिम्बु, कृष्ण लिङदेन, चन्द्रकुमार लिङदेन, सूर्य गुरुङ, क्याप्टेन किरण पुन, दिलकुमार इवाराम र रितु तुम्बाहाङफेले आर्थिक सहयोग गरेका थिए ।

पाँचथर समाजका जेष्ठ नागरिक कुवेर सिं नेम्बाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न फुटबल प्रतियोगितामा ताप्लेजुङ्ग समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, धरान समाज यूकेका अध्यक्ष सूर्यमान गुरुङ, माङेना चुम्लुङ्ग यूकेका अध्यक्ष कमला लिम्बु, संखुवासभा समाज यूकेका उपाध्यक्ष बिजय लिङ्गथेप, तेह्रथुम समाज यूकेका पूर्वउपाध्यक्ष निशा गुरुङ, समाजसेवी नरकुमारी लिम्बु र लीला सेलिङ्ग माबो, याक्थुङ्ग चुम्लुङ्ग रस्मोर शाखा अध्यक्ष जीतप्रकाश मेन्याङ्बो लगायतको उपस्थिति
रहेको थियो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि सचिव प्रेम धालव सुहाङ्ग, खगेन्द्र लावती, भगिरथ जबेगुले टेन्टमा विशेष भूमिका खेलेका थिए । त्यस्तै, कैलाश काम्बाङ्ग र सहकोषाध्यक्ष मित्र राई टिम ईन्ट्रिमा खटिएका थिए ।
खेललाई सफल बनाउन खेल मैदानमा मनकुमार काम्बाङ्ग, तिलबिक्रम तावा, छवि सेलिङ्ग, श्री माबो, सुरेश थाम्सुहाङ्ग, खगेन्द्र तावा, तेज लावती, चन्द्र बेघा र दलप्रसाद योङ्गया खटिएका थिए । अइन्द्र चेम्जोङ्ग तुम्बापो, टिका चेम्जोङ्ग जबेगु, नन्दा सुन्दास, मनिता राई, महेश्वरी नेम्बाङ्ग, उपाध्यक्ष शान्ति खिम्दीङ्ग सेलिङ्ग लगायत अतिथि सत्कारमा खटिएका थिए ।

पाँचथर समाज सेवा यूकेका अध्यक्ष चन्द्र सुन्दासको अध्यक्षतामा सम्पन्न औपचारिक एवं पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिता संयोजक टेक माबोले उपस्थित अतिथि तथा खेलाडिहरुलाई धन्यवाद प्रकट गरेका थिए । त्यस्तै, प्रमुख अतिथि नेम्बाङ्गले पाँचथर कप सफल भएकोमा खुसी व्यक्त गर्दै आउँदो वर्षहरुमा पनि सफलताको शुभकामना दिए । बिहान ८ बजे सुरु गरिएको खेल बेलुकी ९ बजे अध्यक्ष सुन्दासले समापन गरेका थिए । औपचारिक कार्यक्रमलाई महासचिव खुसी लिम्बुले संचालन गरेका थिए भने नर माखिमले प्रतियोगिताको सहसंयोजन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!