नेपाल पत्रकार महासंघ यूकेद्वारा सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले नवनियुक्त सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता लिएको छ। संस्थाको विधान, नियम, अनुशासन तथा संस्थागत हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै शाखाको कार्यसमितिले उक्त निर्णय गरेको हो। महासचिव खेमराज रानाभाटद्वारा जारी पत्रअनुसार निरौलालाई महासंघको साधारण सदस्यबाट किन निष्कासन नगर्ने भन्ने विषयमा पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र लिखित […]

विकासमा फड्को मार्दै पञ्चकन्या गाउँपालिका, के-के छन् उपलब्धि ?

तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको महान् जनयुद्धका हजारौं सहिदहरूको बलिदान र त्यसैको जगमा तत्कालीन सात राजनीतिक दल तथा माओवादीको संयुक्त नेतृत्वमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपश्चात् नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संविधानसभाबाट संविधान जारी भएपछि देशभर ७५३ वटा स्थानीय तह गठन भए, जसमध्ये पञ्चकन्या गाउँपालिका पनि एक हो । पूर्वीतर्फ दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा […]

बालगृहको सहयोगार्थ बेलायतमा ‘दुर्गा गुरुङ एकल साँझ २०२६’ हुँदै

लन्डन । बालगृहको सहयोगार्थ बेलायतमा ‘दुर्गा गुरुङ एकल साँझ २०२६’ हुँदैछ । चण्डिका लाल अमर बालगृहको सहयोगार्थ ७ अगस्टमा चुड्का/कौडा किङ दुर्गा गुरुङको एकल सांगीतिक प्रस्तुति हुन लागेको हो । कार्यक्रम शुक्रबार अगस्ट ७ मा ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बेलुकी ७ बजेदेखि हुने कार्यक्रम संयोजक गुड्डु गुरुङ (पार्वती)ले जानकारी दिएकी छन् । कार्यक्रमबारे थप जानकारी आवश्यक […]

धादिङ नुवाकोट समाज यूकेको कार्यक्रमका लागि आइपुगे गायक प्रोसेस पाण्डे

तस्बिर : शिव भण्डारी लन्डन । धादिङ नुवाकोट समाज यूकेको यही १८ जुलाईमा हुने वार्षिक भेटघाट र डीएनएस कप २०२६ कार्यक्रमका लागि गायक प्रोसेस पाण्डे बेलायत आएका छन् । बहुप्रतिभाका धनी गायक पाण्डे बिहीबार राति लन्डनस्थित हिथ्रो एयरपोर्ट उत्रिएका हुन् । द भ्वाइस अफ नेपाल सिजन–६ का विजेता पाण्डेको स्वागतका लागि आयोजक संस्थाका पदाधिकारी तथा […]

बेलायतका भेट्रान मन्त्री काल्भिन बेइलीसँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको छलफल

लन्डन । बेलायत सरकारका भेट्रान मन्त्री काल्भिन बेइलीसँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले छलफल गरेका छन् । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार मन्त्री बेइलीसँग काव राजदूतले छलफल गरेका हुन् । दुईपक्षबीच गोर्खा मुद्दामा छलफल केन्द्रित रहेको नेपाली दूतावास लन्डनले जनाएको छ । बेलायती भेट्रान मन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया काव राजदूत दुवाडीले दिएका छन् ।

एनआरएनए आईसीसीमा बेलायतबाट ५ जना सल्लाहकार मनोनीत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को हालै सम्पन्न ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठकले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । संयुक्त अधिराज्यको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, बेलायतमै प्राध्यापन र जनस्वास्थ्यको क्षेत्रमा स्थापित नाम प्रा. पदम सिम्खडा र बीबीसीका पूर्वपत्रकार भगीरथ योगीलाई उनीहरूको लामो अनुभव र विज्ञताका आधारमा आईसीसी सल्लाहकार […]

तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुँदै, २७ भन्दाबढी देशबाट पत्रकार नेपाल आउँदै

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा फोनिजमा आबद्ध विभिन्न जातीय पत्रकार संगठनहरू तामाङ पत्रकार संघ, किराँत राई पत्रकार संघ, तमु (गुरुङ) सञ्चारकर्मी संघ, थारु पत्रकार संघ […]

साधनादेखि सफलतासम्म: राजेन्द्र केरुङ लिम्बुको सांगीतिक यात्रा बेलायतमा

चर्चाको भिडमा कमै सुनिएका नाम हो, राजेन्द्र केरुङ लिम्बु । तर संगीतमा संघर्ष गरेको डेढ दशक बितेको पत्तै भएन । वि.सं. २०६७ सालको असार ताका हुनुपर्छ औपचारिक सङ्गीत सिक्ने गुरु खोज्दै चाबहिल चुच्चेपाटीमा रहेको श्रुति संगीतालयमा पुगे जहाँ सङ्गीत गुरु रेडियो नेपालको शास्त्रीय गायक स्व: बिनय वर्मा हुनुहुन्थ्यो । एक/दुई गर्दै ६ वर्षसम्म लगातार शास्त्रीय […]

टोकियोमा हुने ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’मा विश्वभरका नेपाली पत्रकार जुट्दै

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै छ । आउँदो जुलाई २५ मा जापानको राजधानी टोकियोमा हुने उक्त कन्फ्रेन्सको सहआयोजकमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाहरु रहेका छन् । ‘प्रवासी सञ्चार माध्यम मार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय […]

गल्कोट समाज यूकेको १० औं वार्षिकोत्सव २० जुलाईमा, विष्णु र सपनाको प्रस्तुति

लन्डन । गल्कोट समाज यूकेको १० औं वार्षिकोत्सव यही २० जुलाईमा हुँदै छ । नेपालबाट आउने/आएका चर्चित कलाकारहरु विष्णु खत्री र सपना रोकाको प्रस्तुतिसहित समाजले वर्षगाँठ मनाउन लागेको हो । कार्यक्रम वेस्ट ब्रुमवीचको द कन्फरेन्स स्वीटमा हुनेछ । सहभागी वयस्कलाई २० पाउन्ड र बालबालिकाका लागि १० पाउन्ड प्रवेश शुल्क तोकिएको छ । चर्चित गायक विष्णु […]

मधेश र लुम्बिनी प्रदेशका आदिवासी पत्रकारका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले डेडिकेटेड ग्रान्ट मेकानिज्म ९डिजिएम० नेपालको वित्तीय सहयोगमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको छ । कार्यक्रममार्फत वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन तथा आदिवासी जनजातिको परम्परागत ज्ञान र अभ्याससँग सम्बन्धित विषयमा गहन अध्ययन, खोज तथा अनुसन्धानमूलक पत्रकारितालाई […]

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने इङल्यान्डले […]

error: Content is protected !!