हङकङ भ्रमणको पहिलो दिन : ३३ वर्षपछिको एक भावुक पुनर्मिलन

शिबकुमार गुरुङ (२३ जुन २०२६) समयले कति ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरा मैले ३३ वर्षपछि हङकङको भूमिमा पुनः पाइला टेक्दा प्रत्यक्ष अनुभूति गरेँ। तीन दशकभन्दा लामो अन्तरालपछि फर्किँदा मैले एउटा सहर मात्र देखिनँ आफ्नो युवावस्था, सैनिक जीवन, परिवार र असंख्य सम्झनाहरूलाई फेरि एकपटक नजिकबाट भेट्ने अवसर पाएँ। यो यात्रा मेरा लागि केवल पर्यटन थिएन, आफ्नै […]
काउन्सिलर उत्तरबहादुर गुरुङ दम्पतीले दिए जन्मदिनमा १ लाख ५ हजार भूमिदान

लन्डन । बेलायतमा अल्डरसट वेलिङटन वार्डका काउन्सिलर उत्तरबहादुर गुरुङ र बत्तिमाया गुरूङ दम्पतीले जन्मदिनको अवसरमा भूमिदान गरेका छन् । पुरानो गाउँ पोखर-१३ बीपीमार्ग, हाल युके निवासी काउन्सिलर श्रीमान्/श्रीमती गुरुङ दम्पतीले काठमाडौं बुढानिलकण्ठ भंगाल-८ स्थित गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणका लागि भुमिदान सहयोग स्वरूप एक लाख पाँच हजार रूपैयाँ भुमिदान […]
नेपालमा एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले मंगलबार पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक […]
यूकेमा सरिना घलेले जितिन् डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण

लन्डन । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिए । युकेको वोर्चेस्टरमा भएको प्रतियोगिताको उक्त स्पर्धामा सरिनाले २२.९ अंक जोडिन् । उनको प्रतिद्वन्द्वी इङ्ल्यान्डकी अमेलिया पार्किनले २२.८ स्कोर गरिन् । […]
एनआरएनएलाई समयानुकूल पुनःसंरचना गरिँदै लानेछौं : अध्यक्ष डा. शर्मा

लन्डन । एनआरएनएका अध्यक्ष हेमराज शर्माले संघ स्थापना भएदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने उद्देश्यका साथ निरन्तर काम हुँदै आएको बताएका छन् । स्किल, नलेज एण्ड टेक्नोलोजी ट्रान्सफर डिपार्टमेन्टद्वारा आयोजित “ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण” विषयक वेबिनारमा कार्यपत्र प्रस्तुत गर्दै उनले वर्तमान कार्यसमितिले संस्थालाई समयानुकूल […]
बेलायतको सांगीतिक यात्रा सकेर नेपाल फर्किन् गायिका सोनी कुँवर क्षत्री

लन्डन । चार महिनाभन्दा बढी समय बेलायतको सांगीतिक यात्रा पूरा गरेर गायिका सोनी कुँवर क्षत्री नेपाल फर्किएकी छन् । सोमबार हिथ्रो एयरपोर्ट हुँदै गायिका सोनी स्वदेशतर्फ लागेकी हुन् । एयरपोर्टको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याउँदै गायिका सोनीले लेखेकी छन्, ‘युकेको सांगीतिक यात्रा सकेर नेपाल जाँदैछु आज , सबैजनालाई धेरै धेरै माया अनि धेरै सम्झना ।’ […]
बेलायतमा गायिका सञ्जिता दुरालाई लमजुङ समाज यूकेको सम्मान [हेरौं, १५ तस्बिर]

लन्डन । बेलायतमा गायिका सञ्जिता दुरालाई लमजुङ समाज यूकेले सम्मान गरेको छ । तमु प्ये ल्हु संघ यूकेको भवन रेडिंगमा आइतबार ५ जुलाई २०२६ का दिन आयोजित कार्यक्रममा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, आमा समूहकी अध्यक्ष तारा गुरुङलगायतले गायिका दूरालाई सम्मान तथा बधाई ज्ञापन गरेका हुन् । द भ्वाइस अफ नेपाल सिजन ७ की […]
नेपालका गृहमन्त्री सुधन गुरुङ पुगे झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् । आइतबार राति झापा आइपुग्नुभएका गृहमन्त्री गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका छन् । भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम […]
‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को उपाधि ग्रीनफोर्ड नाइट्सलाई

लन्डन। नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्यान्डहर्स्ट निक्सलाई पराजित गर्दै ग्रीनफोर्डले आकर्षक ट्रफी चुमेको हो। विजेता टोलीलाई लिगको मुख्य प्रायोजक ‘ए-स्टार मोर्गेजेज यूके’ तथा ‘ए-स्टार रियल एस्टेट्स यूके’ […]
बेलायतमा नेफिन यूकेद्वारा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव आयोजना हुँदै, तयारी तीव्र

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन) यूकेले आगामी ८ अगस्ट २०२६, शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ। महोत्सव सरेको वोकिङस्थित किरात हाउस ग्याम्बल्स लेन, रिप्ले, GU23 6HS मा आयोजना हुने यस ऐतिहासिक महोत्सवका लागि नेफिन यूकेले सम्पूर्ण नेपाली समुदाय, आदिवासी जनजाति सम्बद्ध संघसंस्था तथा इच्छुक महानुभावहरूलाई […]
राजेश ढकालको ‘असारे घाँसे जुहारी’ सार्वजनिक

काठमाडौँ । असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आउनुभएको छ । यसपालिको […]
इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

लन्डन । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत सोमबार भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र […]