ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा

लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको फाइनल खेल आगामी शनिबार (जुलाई ४ तारिख) लन्डनमा आयोजना हुने भएको छ । नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको लिग प्रतियोगितामा यस वर्ष पुरुषतर्फ ११ तथा महिलातर्फ २ टोलीले उपाधिका लागि […]

साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

काठमाडौँ । नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको […]

मिस तामाङ समाज नेपाल गठन, अध्यक्षमा सफलता थिङ तामाङ

काठमाडौं । मिस तामाङ समाज नेपाल गठन गरिएको छ । मिस तामाङ समाज नेपालको कार्यलाई प्रभावकारी, व्यवस्थित तथा जिम्मेवारीपूर्ण ढंगले सञ्चालन गर्ने उद्देश्यले २०८३ असार १३ गते सफलता थिङ तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा साम्रागी लामा मोक्तान, सचिव रिया लामा, सहसचिव पासाङ याङ्जी लामा र कोषाध्यक्ष स्मृति तामाङ चयन भए । सदस्यहरुमा […]

नेपालमा बेलायती राजदूत फेन बाउसे र रोपार बनेर खेत झरेपछि… [फोटो फिचर]

काठमाडौं । नेपालमा सोमबार २९ जुनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायतको आयोजनामा उपत्यका र बाहिरी जिल्लामा दिवस मनाइएको हो । ललितपुरमा भएको एक रोपाइँ कार्यक्रममा नेपालका लागि […]

बेलायतमा सुनको भाउ ह्वात्तै घट्यो, सोमबार तोलाको कति ?

लन्डन । बेलायतमा सुनको भाउ ह्वात्तै घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार सोमबार प्रतितोला १२ सय ५ पाउन्डमा कारोबार भइरहेको छ । यसअघिका दिनहरुमा बेलायतमा प्रतितोला पौने १४ सय पाउन्ड हाराहारीसम्म पुगेको थियो । आइतबार भने झनै घटेर प्रतितोला १२ सय पाउन्डमा कारोबार भएको थियो । सोमबार चाँदी तोलाको ३५ पाउन्डमा कारोबार भइरहेको जनाइएको […]

विनेसामद्वारा ‘विश्व पर्या कविता प्रतियोगिता २०२६’ घोषणा, ३० डिसेम्बरभित्र रचना पठाउन आग्रह

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम)ले ‘विश्व पर्या कविता प्रतियोगिता–२०२६’ आयोजना गर्ने घोषणा गरेको छ। “कवितामार्फत पृथ्वीको आवाज बनौँ” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषी स्रष्टाहरू सहभागी हुन सक्नेछन्। महासंघका अनुसार प्रतियोगितामा सहभागी हुने कविता नेपाली भाषामा लेखिएको, वातावरण तथा पर्यावरण विषयमा आधारित, पूर्ण रूपमा मौलिक र अप्रकाशित हुनुपर्नेछ। कृत्रिम […]

एभरेष्ट टाईम्स यूकेका सम्पादक डा.दुत पुन सम्मानित

लन्डन । एभरेष्ट टाईम्स यूकेका सम्पादक डा.दुत पुन (चिम्खोले काइँला) सम्मानित भएका छन् । शनिबार २७ जुन २०२६ मा बेलायतमा भएका छुट्टाछुट्टै कार्यक्रममा डा. पुन नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र पुन मगर समाज यूकेबाट सम्मानित भएका हुन् । डा. पुनलाई प्रतिभा प्रतिष्ठानले आयोजना गरेको १७ औं अभिव्यक्ति शृंखलामा एकल प्रस्तुति दिएकोमा प्रतिष्ठानका अध्यक्ष टंक वनेमलगायतले […]

बेलायती प्रधानमन्त्री स्टार्मरले भने – गोर्खा भूतपूर्व सैनिकमाथिको आक्रमण ‘अत्यन्त लज्जास्पद’

लन्डन । बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले अल्डरसटमा गुर्खा भूतपूर्व सैनिकहरूमाथि भएको जातीय आक्रमणको कडा निन्दा गर्दै यसलाई “अत्यन्त लज्जास्पद” घटना बताएका छन्। अल्डरशटका सांसद एलेक्स बेकरका अनुसार, युद्ध स्मारक नजिकै रहेका वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि आक्रमण गरिएको थियो र उनीहरूलाई “आफ्नो देश फर्क” भन्दै जातीय दुर्व्यवहार गरिएको थियो । संसदको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद […]

मगर एशोसिएशन युकेद्वारा १८ औं नेपाली ओपन कन्सर्ट २०२६ को घोषणा

संस्कृति र समुदायको उत्सव मनाउन ‘एकताका लागि संगीत’ तथा म्युजिक फर युनिटी। बेलायत – २८ जुन २०२६। नेपाली सांस्कृतिक पहिचानको जगेर्ना गर्न र सामुदायिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मगर एशोसिएशन युकेले एल्डरसटस्थित रसभुर एरिनामा ‘नेपाली ओपन कन्सर्ट २०२६’ आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदछ। यस कार्यक्रमको मुख्य उद्देश्य संगीत, पहिचान र सामुदायिक भावनाको सामूहिक उत्सवमार्फत […]

पुन मगर समाज युकेको भूमेपुजा सम्पन्न, अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरले दिए धन्यवाद

लण्डन। पुन मगर समाज यूकेको आयोजनामा सम्पन्न भएको भूमे पूजा २०२६ भव्य, सभ्य र ऐतिहासिक रूपमा पूर्ण सफल भएको छ। भुमेपूजा बेलायतको शनिबार २७ जुन २०२६ को दिन फानबोरोस्थित कोडी बोमन सपोर्ट क्लबमा विधिवत पुजा गरेर सम्पन्न भएको थियो।  भुमेपूजामा बेलायतमा स्थापित बिभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो।कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा […]

बेइजिङ भ्रमणको पहिलो संस्मरण

शिवकुमार गुरुङ (२८ जुन २०२६) आज हामी दुई दम्पतीको जीवनको एक अविस्मरणीय दिन बन्यो । चिनियाँ इतिहास, राजनीति र संस्कृतिको मुटु मानिने बेइजिङको टिएनमेन स्क्वायर पुग्ने अवसर मिल्यो । होटेलबाट करिब २० मिनेटको यात्रापछि हामी त्यहाँ पुग्यौं । तर, टिएनमेन स्क्वायरमा प्रवेश गर्नु सहज थिएन; कडा सुरक्षा जाँच, चार पटकसम्मको आईडी भेरिफिकेशन र लामो लाइनमा […]

अभिव्यक्ति शृङ्खला १७औँ संस्करणमा पूर्वगोर्खा सैनिक चिम्खोले काईला

केदार संकेत – बेलायत। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’ को १७औँ संस्करण यस वर्ष पूर्वगोर्खा सैनिक तथा स्रष्टा डा. दूतबहादुर पुन (चिम्खोले काइँला) लाई केन्द्रमा राखेर सम्पन्न गरेको छ। शनिबार अल्डरसटस्थित सुसीमोटो हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष टंक वनेमको अध्यक्षता तथा वरिष्ठ गीतकार एकेन्द्र गुरुङको प्रमुख आतिथ्य […]

error: Content is protected !!