तमु लम परिवार यूकेको पहिलो वार्षिक भेटघाट १० अक्टोबरमा

लन्डन । “बन्धुत्व, भातृत्व र एकता” मूल नाराका साथ स्थापना भएको तमु लम परिवार यूकेले आफ्नो पहिलो वार्षिक भेटघाट कार्यक्रम आगामी १० अक्टोबर २०२६, शनिबार Aldershotस्थित Empire Hall मा आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ। बेलायतमा रहेका तमु लम परिवारका सदस्यहरूबीच आपसी भेटघाट, आत्मीयता, भाइचारा तथा पारिवारिक सम्बन्धलाई […]

पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि १३ लाख सहयोग

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले नेपालमा गएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १३ लाख रुपैयाँ सहयोग गरेको छ। समाजले उक्त रकम तमु धीं यूकेको बाढीपीडित सहयोग अभियानमार्फत नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो। तमु धीं यूकेको मिचेटस्थित भवनमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा तमु धीं यूकेका ट्रस्टी सूर्य […]

मर्दीखोला सेवा समिति हङकङद्वारा भोटेकोशी बाढीपीडितलाई ३ लाख ५० हजार रुपैयाँ सहयोग

मर्दीखोला सेवा समिति हङकङले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूका लागि ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाका अध्यक्ष भीमसेन गुरुङले उक्त जानकारी दिँदै मर्दीखोला सेवा समिति हङकङले बाढीपीडितहरूको राहत तथा सहयोगका लागि एक विशेष कार्यक्रम आयोजना गरी आर्थिक सहयोग संकलन गरेको बताउनुभयो। विशेष कार्यक्रममार्फत संकलन गरिएको उक्त रकम भोटेकोशी […]

१७औँ नेपाली मेला यूकेमा गायक राजु लामालाई विशेष सम्मान

लन्डन, यूके — नेपाली संगीत, कला, संस्कृति, सामाजिक सेवा तथा वातावरण संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय लोकप्रिय गायक एवं मंगोलियन हार्टका प्रमुख गायक राजु लामालाई १७औँ नेपाली मेला यूकेमा विशेष सम्मान प्रदान गरिएको थियो। सन् १९९३ देखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका लामाले आफ्नो सुमधुर स्वर र सांगीतिक प्रस्तुतिमार्फत नेपाली गीत–संगीतलाई नेपालमा मात्र […]

१७औँ नेपाली मेलामा तमुधिँ यूकेद्वारा एभरेस्ट टाइम्स यूके सम्मानित

लन्डन — बेलायतको नेपाली समुदायको महत्वपूर्ण कार्यक्रम नेपाली मेलामा तमुधिँ यूकेले नेपाली पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको एभरेस्ट टाइम्स यूकेलाई ‘बेलायतको लोकप्रिय नेपाली समाचारपत्र’ सम्मान तथा अवार्ड प्रदान गरेको छ। सन् २००८ देखि बेलायतमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समुदायका गतिविधि र आवाजलाई निरन्तर रूपमा उजागर गर्दै आएको एभरेस्ट टाइम्स यूकेलाई नेपाली समुदायमा […]

कागबेनीमा क्वोने कानिङ गुम्बा: धार्मिक आस्था, सांस्कृतिक पहिचान र तीर्थ पर्यटनको केन्द्र

मुस्ताङ,SK  — हिमालपारिको पवित्र भूमि मुस्ताङको कागबेनीमा निर्माण सम्पन्न भएको क्वोने कानिङ गुम्बा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले नयाँ महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। क्वोने (घोण्डे/घोताने) तमु गुरुङ समाज यूकेको आर्थिक सहयोग तथा विभिन्न देशमा रहेका शुभेच्छुक र सहयोगदाताको योगदानमा निर्माण भएको यो गुम्बाले कागबेनीको धार्मिक गरिमालाई थप उकास्नुका साथै गुरुङ समुदायको सांस्कृतिक […]

कास्की आदर्श समाज बहराइनद्वारा हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  पोखरा, कास्की SK  । कास्की आदर्श समाज बहराइनले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका–१२, लिपेयानीस्थित हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ। ‘कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित सन् २०१९ जुलाई ५ मा स्थापना भएको संस्थाले शिक्षा, समाजसेवा तथा […]

सयपत्री नेपाली सांस्कृतिक मञ्च यूकेको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

अल्डरसट, SK बेलायत । बेलायतमा नेपाली कला, संस्कृति, भाषा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय सयपत्री नेपाली सांस्कृतिक मञ्च यूकेले आफ्नो २०औँ वार्षिकोत्सव विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न गरेको छ। गत शनिबार, २० जुन २०२६ मा अल्डरसटस्थित एम्पाएर हलमा आयोजित ‘सयपत्री साँझ–२०२६’ मा बेलायतका विभिन्न सहरबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। दुई […]

अल्डरशट भलिबल क्लबद्वारा ९औँ वार्षिक भलिबल प्रतियोगिता १३ जुन २०२६ मा आयोजना हुने

बेलायत SK– अल्डरशट भलिबल क्लबले आफ्नो ९औँ वार्षिक भलिबल प्रतियोगिता आगामी १३ जुन २०२६, शनिबार आयोजना गर्ने भएको छ। प्रतियोगिता वेल्स्ली स्पोर्ट ग्राउण्ड, एल्डरशट (GU11 1QB) मा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। एकदिने यस प्रतियोगितामा पुरुष तथा महिला टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक एकता र खेल […]

सयपत्री नेपाली सांस्कृतिक समूह बेलायतले आफ्नो २०औं वार्षिकोत्सवमा सयपत्री साँझ २०२६भव्य रुपमा मनाउदै

बेलायत SK  – बेलायतमा नेपाली कला, संस्कृति र सामाजिक एकताको प्रवर्द्धनमा दुई दशकदेखि निरन्तर सक्रिय रहँदै आएको सयापत्री नेपाली सांस्कृतिक समूह बेलायतले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सव विशेष सांस्कृतिक तथा सांगीतिक कार्यक्रम ‘सयपत्री साँझ २०२६’ मार्फत भव्य रूपमा मनाउने भएको छ। आगामी शनिबार, २० जुन २०२६ मा आयोजना हुने उक्त कार्यक्रम बेलायतस्थित नेपाली समुदायका लागि […]

तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन २०२६ मा क्याप्टेन लक्ष्य बहादुर गुरुङको नयाँ व्यक्तिगत कीर्तिमान

एभरेष्ट क्षेत्र  , SK , मे २०२६ क्याप्टेन लक्ष्य बहादुर गुरुङले प्रतिष्ठित तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन २०२६ दोस्रो पटक सफलतापूर्वक सम्पन्न गर्दै आफ्नो अघिल्लो समयभन्दा चार मिनेट सुधार गरी उल्लेखनीय व्यक्तिगत उपलब्धि हासिल गर्नुभएको छ। हालका वर्षहरूमा प्रतियोगिताले सामना गरेका सबैभन्दा कठिन परिस्थितिहरूमध्ये एकका बाबजुद उहाँले यो सफलता प्राप्त गर्नुभएको हो। विश्वकै सबैभन्दा उच्च तथा चुनौतीपूर्ण […]

युकेमा परम पूजनीय H.H. KYABJE GYANG KHANG RINPOCHE धर्मदेशना कार्यक्रमबारे प्रेस सम्मेलन हुने

लण्डन, एस के । परम पूजनीय (H.H.) H.H. KYABJE GYANG KHANG RINPOCHE द्वारा युकेका विभिन्न स्थानहरूमा विशेष  (Empowerment) तथा धर्मदेशना कार्यक्रम आयोजना हुने भएको छ। यसै क्रममा आगामी ७ जुन २०२६ मा एल्डरशटस्थित एम्पायर हलमा विशेष धर्मदेशना कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। उक्त कार्यक्रमको आयोजना Buddhist Gumba Reading UK, Sheddrup Dodjo Gatsal तथा Pema […]

error: Content is protected !!