Highlights

थप ९ करोड डोजको कोरोना भाइरसविरुद्धको खोप लिने बेलायतले गर्‍यो सम्झौता

लन्डन । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप थप ९ करोड डोज लिन सम्झौता गरेको छ । बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप बेलायतले

नेपालमा पहिरामा परेर एकैदिन १७ को मृत्यु, २८ बेपत्ता

काठमाडौं साउन ३० । नेपालका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा

नेपालमा कोरोनाबाट ९९ जनाको मृत्यु, संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो

काठमाडौं ३० साउन । कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो ।

सत्तारुढ नेकपाको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडौं ३० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री

सिन्धुपाल्चोक भीषण पहिरो : लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते, हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक ३० साउन । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष

नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ पुगे, ९५ जनाको मृत्यु

काठमाडौं २९ साउन । नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ पुगेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कूल संक्रमित २४ हजार ९५७ पुगेको हो ।

देउवाले विभागमा स्वेच्छाचारी ढङ्गले मनोनयन गरेकोमा कांग्रेस जिल्ला सभापतिको आपत्ति

काठमाडौं साउन २९ । नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेका परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन् । काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहेका कांग्रेसका जिल्ला सभापतिको

लकडाउनका कारण २० प्रतिशतले खुम्चियो बेलायतको अर्थतन्त्र, दसौं हजारले रोजगारी गुमाए

लन्डन २८ साउन । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । राष्ट्रिय तथ्यांक कार्यालयले

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, बुधबारसम्म ९१ जनाको मृत्यु

काठमाडौं २८ साउन । नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४

डोटी र पाल्पामा सवारी दुर्घटनामा ५ को मृत्यु, ३८ जना घाइते

काठमाडौं २८ साउन । डोटी र पाल्पामा सवारी दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । घटनामा ३८ जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको

नेपालमा भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द [यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु]

काठमाडौं २७ साउन । नेपाल सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा

नेपालमा थपिए कोरोनाका ६३८ नयाँ संक्रमित, २४ घन्टामा चारको मृत्यु

काठमाडौं २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिल्लो २४ घण्टामा १० हजार ४६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६३८ नयाँ सङ्क्रमित देखिएका

error: Content is protected !!