जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका एक बालकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो
जाजरकोट २१ जनवरी २०२४ । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका एक बालकको चिसोका कारण मृत्यु भएको छ । नलगाड नगरपालिका ४ मानचौरका विजय रावलका तीन महिने छोरा अरुण रावलको चिसोका कारण मृत्यु भएको हो ।
