प्रमुख समाचार

महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन

महरा प्रकरणमा मानव अधिकार आयोगले बनायो अनुसन्धान टोली

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महराबाट संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि दुर्व्यवहार भएको भनिएको घटना अनुसन्धान गर्न शुक्रबार तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी

यस्तो देखियो दसैं बेला काठमाडौंको सडक [तस्बिरहरु]

काठमाडौ । नेपालीहरु यतिबेला हिन्दू संस्कारअनुसार मनाइने दसैं पर्वको रमझममा छन् । परम्परा मनाउने भए पनि यो पर्वलाई मिलन-पुनर्मिलनको रुपमा लिइन्छ । दसैं पर्व घटस्थापनादेखि सुरु हुने भए पनि विशेषत: फूलपातीदेखि विजयादशमी (टीका लगाउने) दिनसम्म

चिनियाँ राष्ट्रपति सीलाई नेपालमा राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट

राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले के भने ?

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई गति दिन यसका सदस्य राष्ट्र तयार रहेको बताएका छन् । सार्क आबद्ध केही राष्ट्रबीचको मनमुटावले पछिल्लो समय सार्क गतिहीन देखिएको छ । यसको नियमित गतिविधिसमेत केही समयदेखि प्रभावित

पञ्चकन्यामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम, आपराधिक घटना हुन नदिनेमा अध्यक्ष तामाङको जोड

घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले चाडपर्वमा आपराधिक घटना हुन नदिन सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने बताएका छन् । घलेभञ्ज्याङमा आइतबार गाउँपालिका र इलाका प्रहरी कार्यालय पञ्चकन्याको संयुक्त आयोजनामा भएको ‘समुदाय–प्रहरी साझेदारी’ एवं

संसद्को कर्मचारीले लगाइन् सभामुख महरालाई दुर्व्यवहारको आरोप

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् । सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी

सशस्त्र प्रहरीमा महिला आकर्षण

काठमाडौं । ‘शान्ति, सुरक्षा, प्रतिवद्धता’ मूलमन्त्रका साथ अघि बढेको सशस्त्र प्रहरी बलमा ३७ हजार जतिको दरबन्दी छ । ती दरबन्दीमा महिलाको संख्या न्यून नै छ । तर, विगतको तुलनामा सशस्त्र प्रहरी बलले आफ्नो सांगठनिक संरचनालाई

जनताको सुख–दुःखमा साथ दिन कांग्रेसका आम नेता तथा कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन् । प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ।

सडक दुरावस्थाप्रति सांसद तामाङको आक्रोश- ‘ठेकेदारको बेइमानीमा कर्मचारीको मिलेमतो’

काठमाडौ । संघीय सांसद हितबहादुर तामाङले राजधानी काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने नाकाहरु वर्षौंसम्म दयनीय अवस्थामा रहनुमा ठेकेदारको बेइमानीमा कर्मचारीको मिलेमतो रहेको भन्दै आक्रोश पोखेका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विदुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा

नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उपप्रम पोखरेलको आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन् । दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा

प्रनानिको नेतृत्वमा घलेभञ्ज्याङ्गमा डेंगु र आत्महत्याविरुद्धको सचेतना कार्यक्रम

घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङ्गमा डेंगु र आत्महत्याविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी नायव निरीक्षक रामेश्वर सहनीको नेतृत्वमा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत बिहीबार उक्त कार्यक्रम भएको हो ।

error: Content is protected !!