सोंपाल समाज युकेको बीबीक्यू तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

जगदीश गुरुङ लन्डन, १२ जुलाई २०२६। लन्डनको ग्रिनफोर्डस्थित पोस्ट अफिस क्लबमा ११ जुलाई २०२६ शनिबारका दिन सोंपाल समाज युकेको वार्षिक बीबीक्यू तथा समर भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष जगदिश गुरुङको अध्यक्षता तथा युवा सदस्य सुश्री दीपा गुरुङको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य समाजकी वयोवृद्ध ज्येष्ठ सदस्य श्रीमती कमला गुरुङले गर्नुभएको […]

डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु

लन्डन । डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु भएको छ । तामाङ समाज यूकेका महासचिव रोज लामा दोङका अनुसार आशीषको शनिबार राति ९:५० ह्यामरस्मिथ अस्पतालमा निधन भएको हो । बेलायत आएको छोटो अवधिमै ज्यान गुमाएका आशीष क्यान्सर रोगबाट पीडित थिए । महासचिव दोङका अनुसार आशीष फेब्रुअरी ११ तारिखमा अस्पताल […]

२१३औँ भानु जयन्ती तथा ९५औँ ईश्वर जयन्तीमा सुप्रमा–ईप्रमा पुरस्कार वितरण र तीन कृतिको लोकार्पण

केदार संकेत लन्डन, ११ जुलाई २०२६। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको आयोजनामा ११ जुलाई २०२६ का दिन लन्डनस्थित ‘टेस्ट अफ पर्सिया’ रेस्टुरेन्टमा २१३औँ भानुभक्त आचार्य जयन्ती तथा ९५औँ ईश्वर प्रसाद मानन्धर जयन्ती भव्य रूपमा मनाइएको छ। सोही विशेष समारोहका बीच ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६’ अर्पण गरिनुका साथै तीनवटा साहित्यिक कृतिको लोकार्पण समेत गरियो। […]

बेलायतमा अनेसास र नेमुप्रले मनायो २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेले संयुक्त रुपमा २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती मनाएका छन् । शनिबार ११ जुलाई इरानी रेस्टुरेन्ट ग्रीनफोर्डमा विभिन्न कार्यक्रमसहित भानु तथा ईश्वर जयन्ती मनाइएको हो । कार्यक्रम प्रा. डा. देवीप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा कवि तथा […]

बेलायतमा फानबरो ईलिटले जित्यो सुईन्डन कप

जयराम तामाङ सुईन्डन, युके । नेपाली समाज विल्टशायरको आयोजनामा बेलायतमा भएको सुईन्डन कप फानबरो ईलिटले जितेको छ । सुईन्डनस्थित न्यू कलेजको खेल मैदानमा शनिबार ११ जुलाई २०२६ मा सम्पन्न फुटबल प्रतियोगितामा मेन क्याटगोरीमा एफसी कनेक्टलाई पराजित गर्दै फानबरो ईलिटले ट्रफी र मेडल नगद पुरस्कार हात पारेको हो । यसैगरी भेट्रानतर्फ फाईनलमा एफसी तोङ्बा(क्युजीई)ले ज्वोईन्ट एफसी […]

रञ्जिताको शव नेपाल पठाउन झन्डै ७ हजार पाउण्ड संकलन

भगिरथ योगी लन्डन । बेलायतमा असामयिक निधन भएकी नेपाली चेली रञ्जिता भण्डारीको शव अन्तिम संस्कारका लागि नेपाल पठाउन झन्डै ७ हजार पाउण्ड सहयोग संकलन भएको छ। स्वर्गीय भण्डारीको परिवारले उनको अन्तिम संस्कार मातृभूमि नेपालमै गर्ने इच्छा व्यक्त गरेपछि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानअन्तर्गत शनिबार बेलुकीसम्म ‘गो फन्ड मी’ (GoFundMe) मार्फत ६,९०० पाउण्डभन्दा बढी रकम […]

नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा २१३औँ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

कोमल मल्ल। लण्डन, ११ जुलाई। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा २१३औँ भानु जयन्ती कवि गोष्ठी तथा प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहजनक रूपमा मनाइएको छ। वेस्ट लण्डनस्थित एसबीआई कलेजको हलमा आयोजित समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै परिषद्का पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार हरिसिंह थापाले नेपाली भाषा-साहित्यको जागरण र […]

इङल्यान्ड विश्वकप फुटबलको सेमिफाइनल प्रवेश

लन्डन । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै […]

error: Content is protected !!