मनिषा ग्लानको प्रस्तुतिमा ‘परदेशी’ गीत सार्वजनिक

काठमाडौं । मनिषा घलान (ग्लान)को प्रस्तुतिमा तयार भएको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ। सन्जीव घिसिङ र जीतु लोप्चनको आवाजमा सजिएको उक्त गीत रिजन मोक्तान युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा रिजन मोक्तानको शब्द, राजु लामा थिङको संगीत रहेको छ। गीतको एरेन्ज तथा मिक्सिङ कार्साङ लामाले गरेका हुन् भने रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा […]

रूपन्देहीमा सर्पदंश न्यूनीकरणका लागि विद्यालयस्तरमा सचेतना अभियान सुरु

रूपन्देही । पछिल्लो समय रूपन्देही जिल्लामा सर्प र सर्पदंशका घटनामा वृद्धि हुन थालेपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ । धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सर्पसम्बन्धी वैज्ञानिक जानकारी तथा सर्पदंशबाट बच्ने उपायबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् । कार्यक्रमअन्तर्गत विद्यार्थी […]

पश्चिम लण्डनमा मन्दिर निर्माणार्थ सत्सङ्ग तथा भजन–कीर्तन भव्य रूपमा सम्पन्न

लण्डन । पश्चिम लण्डनमा स्थापना हुन गइरहेको बृहत् नेपाली सांस्कृतिक तथा धार्मिक केन्द्र (मन्दिर) निर्माण अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले हन्स्लोमा आयोजित सत्सङ्ग तथा भजन–कीर्तन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कल्चरल सेन्टर यूकेको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक चन्द्र शर्मा तथा गायिका निरुषा भट्टराई पाण्डेको विशेष प्रस्तुति मुख्य आकर्षणको रूपमा रहेको थियो। […]

अरुण थापा स्मृति दिवस बागलुङमा म्याग्दीका कलाकारद्वारा थाली नाच प्रस्तुत

साजन पुन मगर – म्याग्दी। नेपाल मगर विद्यार्थी संघ बागलुङद्वारा आयोजना गरिएको अरूण थापा स्मृति दिवसमा म्याग्दीका कलाकारद्वारा ‘थाली नाच’ प्रस्तुत गरिएको छ। उक्त थाली नाच म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका वडा नं. ५ झिं निवासी मेघना गर्बुजा पुन मगर र वडा नं. ४ दर्मीजा निवासी एलिसा पुन मगरले प्रस्तुत गरेका थिए । नेपाल मगर विद्यार्थी […]

अगस्ट १० मा ‘बर्मिङ्घम तीज मेला २०२६’, चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने

लन्डन । बेलायतको बर्मिङ्घममा आगामी १० अगस्ट २०२६ (सोमबार) नेपाली कला, संस्कृति र तीज पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘बर्मिङ्घम तीज मेला २०२६’ आयोजना हुने भएको छ। शान्ति नेपाली समाज बेलायतको आयोजनामा वेस्ट ब्रोमविच कलेजिएट एकेडेमी, केल्भिन वे, वेस्ट ब्रोमविचमा मेला हुन लागेको हो । मेला बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। […]

बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ हुँदै

लन्डन । बालगायिका रुक्सना लिम्बुको एकल साँझ बेलायतमा हुने भएको छ । द भ्वाइस अफ किड्सको अन्तिम फाइनलिस्ट लिम्बुको आउँदो अगस्ट ८ तारिखमा आसफोर्डस्थित सिमोन चर्चमा एकल साँझ हुन लागेको हो । कार्यक्रम दिउँसो ४ बजेदेखि हुने छ । गायिका रुक्सनाले कार्यक्रममा उपस्थित हुन अनुरोध गरेकी छन् ।

किन फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध ?

पेरिस । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफु यस विषयमा प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले छिटै यो निर्णयको कार्यन्वयन गरी १५ वर्षमुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने […]

गोरखाली समाज यूकेको अगस्ट २ मा वार्षिक भेटघाट, को को छन् कलाकार ?

लन्डन । गोरखाली समाज यूकेको आगामी अगस्ट २ मा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । सांस्कृतिक कार्यक्रमसहित अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुन लागेको समाजकी अध्यक्ष टकमाया गुरुङले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रममा चर्चित कलाकारहरु मञ्जु बिक, रेजिना परियार, रेस्मा तामाङले प्रस्तुति राख्नेछन् । यस्तै डिएमटी ब्यान्डका एमबी दिनेश गुरुङ र बाँसुरी वादक […]

error: Content is protected !!