हिमपहिरोमा मृत्यु भएका निर्मल पुर्जाको सम्झनामा शोकसभा सम्पन्न

लन्डन – प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (‘निम्स दाइ’) तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य हिमाल आरोहीहरूको स्मृतिमा मंगलबार, ४ अगस्ट २०२६ का दिन बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेन (प्रथम नेपाली भिक्टोरिया क्रस विजेता लालबहादुर थापा मगरको सालिक परिसर) मा भव्य शोकसभा सम्पन्न गरेको छ। […]
भव्य बन्यो गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [तस्बिरहरु]

लन्डन । गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा अगस्ट २ मा सांस्कृतिक कार्यक्रमसहित समाजको कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष टकमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित कलाकारहरु मञ्जु बिक, रेजिना परियार, रेस्मा तामाङलगायतले बेजोड प्रस्तुति दिए । यस्तै डिएमटी ब्यान्डका एमबी दिनेश गुरुङ र बाँसुरी […]
बेलायत पठाइदिने भन्दै ७ लाख ठगी गर्ने पक्राउ, को हुन् ?

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक आम्दानीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्दै आएका २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप […]
एनआरएनए महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्न

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागद्वारा आयोजित एनआरएनए वेविनार–ङ अन्तर्गत ‘महिला विभाग : विगत, वर्तमान र भविष्य’ विषयमा अन्तरक्रिया तथा आईसीसी र एनसीसीका महिला पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमहिला उपाध्यक्ष तथा पूर्व अध्यक्ष रबिना थापा, पूर्वमहिला उपाध्यक्ष सपिला […]
वरिष्ठ लोकगायक प्रेमराजा महत आइपुगे बेलायत, हिथ्रो एयरपोर्टमा स्वागत

लन्डन । वरिष्ठ लोकगायक प्रेमराजा महत बेलायत आइपुगेका छन् । तनहुँ समाज यूकेको यही अगस्ट ८ मा हुने १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रमका लागि मंगलबार ४ अगस्टमा लोकगायक महत लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । लोकगायक महतको स्वागतका लागि तनहुँ समाज यूकेका वरिष्ठ सल्लाहकार मेजर कुलबहादुर थापा, महासचिव महेन्द्र आले, कोषाध्यक्ष लेख राना, कृष्ण […]
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद इन्दिरा रानामगरको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं प्रतिनिधिसभाकी पूर्वउपसभामुख इन्दिरा राना मगरले पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परेर ज्यान गुमाएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबार ४ अगस्टको बैठकमा बोल्दै सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताइन् । उनले […]
घलेली क्रोगीलामा परिवार यूकेको वार्षिक भेटघाट साथै पितृ पूजा कार्यक्रम

लन्डन । घलेली क्रोगीलामा परिवार यूकेको वार्षिक भेटघाट साथै पितृ पूजा कार्यक्रम गत वर्ष जस्तै गरी शनिबार १ अगस्ट २०२६ सम्पन्न भएको छ । कार्यक्रम अध्यक्ष रामचन्द्र गुरुङ र ज्येष्ठ नागरिक वरिष्ठ सल्लाहकार समाजसेवी प्रेम गुरुङ, वरिष्ठ समाजसेवी कप्तान एकनारायण गुरुङले दीप प्रज्वलन,पितृ पूजा गरी सुरु गरेका थिए । कार्यक्रम सचिव राजबहादुर गुरुङले संचालन गरेका […]
गायक तथा नायक राजु गुरुङलाई स्याङ्जा समाज यूकेको स्वागत, सम्मान

लन्डन। बेलायत भ्रमणमा रहेका चर्चित गायक तथा नायक राजु (धर्मराज) गुरुङलाई स्याङ्जा समाज यूकेले स्वागत, सम्मान गरेको छ । समाजकी अध्यक्ष रूपा गुरुङको अध्यक्षतामा अल्डरसटस्थित डे लाउन्ज रेस्टुरेन्ट एन्ड बारमा २ अगस्ट २०२६ मा बसेको बैठकको अवसरमा कलाकार गुरुङलाई स्वागत, सम्मान गरिएको हो । कलाकार रुपालाई समाजकी अध्यक्ष रुपा गुरुङ, आमा अध्यक्ष पार्वती गुरुङ लगायतले […]