क्याम्बरली नेपाली गोर्खा एसोसिएसनको मासिक पदयात्रा तथा पिकनिक कार्यक्रम सम्पन्न

देब घले – बेलायत। क्याम्बरली नेपाली गोर्खा एसोसिएसन (सिएनजीए) ले आफ्नो नियमित मासिक पदयात्रा तथा पिकनिक कार्यक्रम २३ अगस्ट २०२६ का दिन सुन्दर प्राकृतिक स्थल डेभिल्स पञ्च बाउल, हिन्दहेडमा सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, मित्रता तथा सामुदायिक एकता प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब ५० जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको […]
नेपाली मेलाको सम्पूर्ण तयारी पूरा

बेलायत – नेपाली मेला २०२६ का प्रमुख संयोजक तथा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। उक्त जानकारी तथा नेपाली मेला २०२६ को प्रचारप्रसारका लागि आइतबार, २३ अगस्ट २०२६ का दिन बेलायतमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो। पत्रकार सम्मेलनमा युरोप, बेलायत र नेपालबाट सञ्चालित सञ्चारगृहका झन्डै दुई […]
गैरआवासीय नेपालीको सीप, पूँजी र दोस्रो पुस्तालाई नेपालसँग जोड्न प्राथमिकता : एनआरएनए अध्यक्ष डा हेमराज शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ। उहाँले एनआरएनए केवल विदेशमा बस्ने नेपालीको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्याउने साझा […]
बेलायतमा चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनबारे प्रेस मिट, १२ सेप्टेम्बरमा अल्डरसटमा

लन्डन । बेलायतमा चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनबारे प्रेस मिट सम्पन्न भएको छ । आइतबार २३ अगस्टमा तमु धीं यूकेको भवनमा ‘पेन्सन पट्टा’ चलचित्रको प्रेस मिट सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भई साथ, सहयोग र समाचार सम्प्रेषण गरिदिने सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई तमु धीं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङले हार्दिक धन्यवाद व्यक्त गरेका छन् […]
तमुधिँ नेपालले दियो अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा ३ लाख सहयोग

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन कोषमा तमुधिँ नेपालले रु तीन लाख सहयोग गरेको छ । पोखरामा आज आयोजित कार्यक्रममा तमुधिँका अध्यक्ष होमबहादुर गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकमको चेक गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष गुरुङले विपत्मा परेका नागरिकको सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको […]
काठमाडौंमा तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

युनिकरक्षे ग्लान-तामाङ काठमाडौं । “तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान” भन्ने मूल नाराका साथ काठमाडौंमा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ । तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको […]
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको अध्यक्षमा डा. रामजी पौडेल

लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) यूकेको हालै सम्पन्न वार्षिक साधारणसभाले डा. रामजी पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा डा बिदुर घिमिरे, महासचिव पुष्पराज मोक्तान, सचिब डा शिक्षा बराल, कोषाध्यक्ष महेन्द्र ढुंगाना र सदस्यहरुमा शम्भुनाथ अधिकारी, राजु न्यौपाने, सचिन श्रेष्ठ, शक्ति घिमिरे, जगत पौडेल र डा नरबहादुर साउद छन्। २२ अगस्ट शनिवार लन्डनको […]
किताब जात्रा कि बेलायतको यात्रा ? [विचार]

बेलायतको नेपाली साहित्यिक वृत्तमा अहिले एउटा गम्भीर प्रश्न उठ्न थालेको छ-लन्डनस्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘किताब जात्रा युके’ वास्तवमै बेलायतभरिका नेपाली साहित्यकारको साझा उत्सव हो अथवा सीमित व्यक्ति, समूह र घेराको उपस्थितिमा सम्पन्न हुने एउटा औपचारिक कार्यक्रम मात्र ? ‘किताब जात्रा युके’को तेस्रो संस्करण २१ अगस्ट २०२६ मा लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न भएको समाचार सार्वजनिक […]
मेग्मा गुरुङले जितिन् ११ औं विश्व हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक

काठमाडौं । मेग्मा गुरुङले ११ औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा कांस्य पदक जितेकी छन् । दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा प्रतियोगिताको फाइट ग्योरोगी विधामा मेग्माले कांस्य पदक जितेकी हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् । यसैबीच नेपालबाट महिला ४८-५२ किलो तौल समूहमा सहभागी तमु धीं नेपाल कास्कीअन्तर्गत तमु विद्यार्थी समिति सदस्य मेग्मा गुरुङले नेपालको […]
बेलायतमा नेपाली विद्यार्थीहरुका साझा समस्या सम्बोधनको एकीकृत प्रयास, विभिन्न समिति गठन

थानेश्वर पाण्डेय कार्डिफ । यूकेमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुले भोग्नुपरेका समस्याहरु पहिचान गर्न र त्यसको समाधानका लागि प्रयास गर्ने उद्देश्यका साथ वेल्सको कार्डिफमा २२ अगस्ट २०२६ मा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युनिभर्सिटी अफ साउथ वेल्सको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली विद्यार्थीले भोग्नु परेका समस्या र त्यसको समाधानका विषयमा स्थानीय नेपाली सामुदायिक […]