बेलायतबाट थापा दम्पतीले दिए छोरीको स्मृतिमा बाढीपीडितलाई १ लाख ११ हजार सहयोग

लन्डन । बेलायतवासी पूर्व गोर्खा सैनिक रामबहादुर थापा र भद्रमाया थापा दम्पतीले स्वर्गीय छोरी स्व. शर्मिश थापाको स्मृतिमा भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । तनहुँको भानु नगरपालिका-१२ बयापानी घर भई हाल बेलायतको फार्नबोरो बस्दै आएका थापा दम्पतीले दिवंगत छोरीको जन्मदिनको अवसर पारेर बिहीबार २४ सेप्टेम्बर २०२६ मा बाढीपीडितका […]

एनआरएनएद्वारा प्रतिकूल मौसमका कारण भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरण स्थगित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रतिकूल मौसमका कारण भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सञ्चालन गर्दै आएको राहत वितरण अभियान केही दिनका लागि स्थगित गरेको छ । मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा राहत सामग्री वितरण कार्य पुनः सुरु गरिने एनआरएनएले जनाएको छ। प्रभावित परिवारसम्म राहत सामग्री सुरक्षित रूपमा पुर्‍याउने उद्देश्यले मौसम अनुकूल भएपछि राहत […]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौँ । स्थायी कमिटी र केन्द्रीय सदस्यमा मनोनयन, अध्यक्षको राजनीतिक प्रतिवेदन र २२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आज सम्पन्न भएको छ । यही असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा भएको बैठकले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ […]

पञ्चासे हर्पनडाँडा समाज यूकेलगायतबाट तमु धीं यूकेको कोषमा जम्मा भएको रकम बाढीपीडितलाई हस्तान्तरण

काठमाडौं । तमु धीं यूकेले बिहीबार आयोजित एक कार्यक्रमबीच ७ बाढी पीडित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरेको छ। पञ्चासे हर्पनडाँडा समाज यूकेका महासचिव प्रकाश गुरुङको नेतृत्वमा १३ लाख रकम तमु धीं यूकेले संकलन गरेको राहत कोषमा जम्मा गरिएको थियो। उक्त रकममध्ये फ्लाई एभरेस्ट होलिडेज प्रा.लि.का ७ जना बाढी पीडित परिवारलाई […]

रसुवाका आँसु

डा. विशाल गुरुङ हिजोसम्म यहाँ घर थिए, हाँसो थियो, परिवार थियो, सपना थियो… आज तिनै सपनाका भग्नावशेषमाथि मानिसहरू आफ्नो हिजो खोज्दै हिँडिरहेका छन्। हिजो रसुवा पुगेँ, बाढीले घर मात्रै बगाएको रहेनछ, कसैको सपना, कसैको जीवनभरको कमाइ, कसैको सिंगो संसार नै बगाएको रहेछ। भत्किएका घरहरू हेर्दै गर्दा मन थाम्न खोजेँ, आँखा रोक्न खोजेँ… तर आँसु रोकिएन। […]

तमु समाज यूकेद्वारा भोटेकोशी बाढीपीडितका लागि २५ लाख सहयोग

डण्ड गुरूङ लन्डन । तमु समाज यूकेले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ। तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले गृहमन्त्री सुधन गुरुङलाई भेट गरी उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग […]

बेलायतसहित विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट बेलायतसहित विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको दशैँअघि नै सुनुवाइ टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाएको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको प्रक्रिया सुरु गर्दै १० दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको […]

भोटेकोशी बाढी : एनआरएनएको अभियानमा कुन देशबाट कति रकम संकलन ?

लन्डन । भोटेकोशी–रसुवा बाढी प्रभावितको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको अभियानमा बुधबारसम्म ६ करोड १ लाख ८ हजार २०० रुपैयाँ संकलन भएको छ । एनआरएनए सचिवालयका अनुसार अभियानका लागि विभिन्न देश तथा संस्थाबाट ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । प्रतिबद्धताअनुसार रकम […]

नेपालमा सात विदेशीसहित १३ यात्रु सवार जहाजको टायर फुत्कियो

काठमाडौं । नेपालमा सात विदेशीसहित १३ यात्रु सवार जहाजको टायर फुत्किएको छ । बाँकेको नेपालगन्ज विमानस्थलबाट १३ जना यात्रु लिएर गएको सीता एयरको नाइ–एन-एजेएच कलसाइन भएको जहाज बिहीबार बिहान ८ बजेर २५ मिनेटमा डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको हो । टायर फुत्किए पनि अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल […]

तमु धीं यूकेद्वारा रसुवाका ३०८ बाढीपीडित परिवारलाई राहत वितरण

नुवाकोट । तमु धीं यूकेले रसुवाको उत्तरगया गाउँपालिका–१ का बाढीपहिरो पीडित ३०८ परिवारलाई राहत सामग्री वितरण गरेको छ। बाढीपहिरोपछि विस्थापित भई नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा अस्थायी टेन्टमा बस्दै आएका परिवारलाई बुधबार राहत सामग्री वितरण गरिएको हो। तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा रहेको टोलीले बुधबार रातिसम्म विभिन्न अस्थायी आवासमा पुगेर पीडित परिवारलाई राहत उपलब्ध […]

error: Content is protected !!