बेलायतमा प्रधानसेनापति अशोकराज सिग्देलद्वारा गोर्खा स्मारकमा श्रद्धाञ्जली

लन्डन । बेलायतको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण गर्दै वीर गोर्खा सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानसेनापति सिग्देलले ह्वाइटहलस्थित हर्स गार्डस् एभेन्युमा रहेको गोर्खा स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनी बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल रोली वाकरको निमन्त्रणामा मंगलबार बेलायतआइपुगेका हुन् […]
भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके लगायतका संघसंस्थाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना तथा प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि थप सहयोग गर्न बेलायत सरकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री एन्डी बर्नहमलाई सम्बोधन गर्दै पठाइएको पत्रमा नेपालमा गत २६ अगस्टमा आएको विनाशकारी आकस्मिक बाढीले ठूलो मानवीय तथा भौतिक […]
बेलायतमा १९औँ रेडिङ कप प्रतियोगिता रद्द, आयोजकले गर्यो क्षमायाचना

लन्डन । बेलायतमा यही १० अक्टोबरमा आयोजना हुने भनिएको १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता २०२६ रद्द भएको छ । ग्रेटर रेडिङ नेपालीज कम्युनिटी एसोसिएसनले खेलका लागि उपयुक्त मैदानको उपलब्धता तथा मैदानको वर्तमान अवस्थाका कारण यस वर्षको प्रतियोगिता आयोजना गर्न नसकिएको मंगलबार जनाएको हो । आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि स्थानीय काउन्सिलसँग समन्वय गर्दै […]
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा हितकाजी टुक्ल्हेप्री तमु सर्वसम्मत निर्वाचित

पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३४औं वार्षिक साधारणसभा, ७औं महाधिवेशन तथा व्यक्तित्व सम्मान कार्यक्रम २०८३ असोज १७ र १८ गते पोखरामा भव्य र सभ्यरूपमा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको अध्यक्षतामा तथा संघीय सांसद माननीय एलिजा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको दोस्रो दिन असोज १८ गते भएको […]
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत आइपुगे

लन्डन । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि लन्डन आइपुगेका छन् । बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल रोली वाकरको निमन्त्रणामा उनी बेलायत आइपुगेका हुन्। लन्डनको हिथ्रो विमानस्थलमा उनलाई मेजर जनरल द राइट अनरेबल द लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले स्वागत गरेका थिए । भ्रमणका क्रममा नेपाल र बेलायतबीचको लामो समयदेखिको […]
नेपाल सरकारका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई नेपाली दूतावास लन्डनमा स्वागत

लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल सरकारका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनलाई नेपाली दूतावास लन्डनमा स्वागत गरिएको छ । लन्डन केनसिङ्गटन दरबार प्यालेसस्थित नेपाली दूतावासमा सोमबार पूर्वमन्त्री पुनलाई कार्यवाहक राजदूत विपिन दुवाडी र राजदूतावास परिवारले स्वागत गरेका हुन् । दूतावासमा स्वागतका लागि पूर्वमन्त्री पुनले भने, ‘लन्डनमा कार्यवाहक राजदूत विपिन दुवाड़ी र राजदूतावास […]
गृहमन्त्री सुधन गुरुङको चेतावनी – ‘राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छ’

काठमाडौँ । नेपाल सरकारको गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ । गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट […]
चर्चित डान्सर शिवदास गुरुङको २३ अक्टोबरमा बेलायतमा बिदाइ कार्यक्रम

लन्डन । चर्चित नेपाली डान्सर शिवदास गुरुङको यही अक्टोबर २३ मा बिदाइ कार्यक्रम हुने भएको छ । साङ्गीतिक कार्यक्रमका लागि करिब ४ महिनाअघि बेलायत आएका शिवदासको बिदाइमा ‘फेयरवेल अफ डान्सर शिवदास गुरुङ’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम साँझ ७ बजेदेखि बेलायतको अल्डरसटस्थित ठमेल दोहोरीमा हुने आयोजकले जनाएको छ। नयाँ यात्रा, उही जोश र […]
एनआरएनएले नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनामा सहकार्य गर्ने

लन्डन । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत अभियानको हालसम्मको प्रगति, प्राप्त सहयोग तथा प्रभावित परिवारसम्म पुऱ्याइएको राहतबारे समीक्षा गर्दै अब दोश्रो चरणमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा केन्द्रित हुने निर्णय गरिएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७ औं बैठकले राहत अभियानलाई अब क्रमशः स्वास्थ्य र शिक्षा क्षेत्रको पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय […]