प्रहरीमाथिको भरोसा

SHARE:

नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको, जनतासँग प्रत्यक्ष दैनिक जोडिने नेपाल सरकारको युनिट हो । सुखदु:खका साथी हो । आपतविपत होस वा खुशियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति गर्ने समाज यही हो । यस अर्थमा जनताको भरोसा बढ्नु अनौठो विषय भएन । प्रहरीसँगको जनसहभागिताले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेख्य फाइदा पुग्नुले समाजलाई फाइदै भएकै छ । जनसहभागिता जति बढ्यो, त्यति नै प्रहरीले उपलव्धी हासिल गर्ने हो । प्रहरीले गर्ने उपलव्धीसँगै समाज र देशको उपलव्धीसँग अछुतो रहने कुरै आउँदैन । प्रहरीको पछिल्लो सबैभन्दा जनसमक्ष पुगेको कार्यक्रम भनेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम हो । यो कार्यक्रमले प्रहरीसँग आमजनतालाई नजिक ल्याउन महत्वपूर्ण मद्दत मिलेको स्पष्ट छ । जब प्रहरी र नागरिकबीच सकारात्मक हिमचिम हुन्छ, त्यसको परिणाम पक्कै पनि सकारात्मक नै आउँछ नै ।

विगतमा विभिन्न प्रहरीले नारा बनाए । विगतमा तय गरिएका नारा आफैमा समय सापेक्ष थियो थिएन । छुट्टै समीक्षाको विषय हो । तर, विगत एक वर्षबाट भने प्रहरीले समुदायसँग साझेदारी गरेर अघि बढ्ने जनपयोगी कार्यक्रम सार्वजनिक गर्यो । व्यवहारमा कार्यान्वयन नै गर्यो । जब हरेक सवालमा समुदायको साथ प्राप्त हुन्छ, हरेक विषयको सफलतासँग जोडिन्छ नै । समुदायले नै हो समाज सुधार्ने । समुदायले नै हो असल र खराब छुट्याउने । त्यसैले प्रहरीले समुदायसँग हातेमालो गर्दै अघि बढ्ने योजना बनायो । सोही योजना अनुसार देशभर समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गरिए ।

गत वर्षको कात्तिक ११ गते देशभर सुरु भएको कार्यक्रम आठ महिना बितिसकेको छ । यो अवधिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू गर्न ७५३ वटै स्थानीय तहसँग सहमति भएको छ भने त्रिभुवन विश्वविद्यालय, नेपाल रेडक्रस, नेपाल स्काउटसँग समेत संस्थागत समझदारीपत्रमा हस्ताक्षर भएर कार्यक्रम प्रभावकारी गर्ने अठोट हुनु आफैमा उपलव्धीका रुपम लिन सकिन्छ ।

सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, समुदायिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट समेत अपराध नियन्त्रण र रोकथाम गर्ने प्रहरीको मूलभूत दायित्व हो ।
यसबीचमा सामञ्जस्यता कायम गर्दै नेपाल प्रहरी र स्थानीय तहबीचमा समझदारी कायम गरी साझा संयन्त्रणको माध्यमबाट सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारी धारणा अवलम्बन गरिएको हो । गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंमा उद्घाटन गर्दै सुरुवात भएको यो अभियानले मूर्तरुप पाएको छ ।

समुदाय प्रहरी साझेदोरी अभियान कार्यान्वयन गर्न देशभर समितिहरु बनेका छन् । जिल्ला समिति, पालिका स्तरीय समिति, वडा स्तरीय समिति, टोल समिति, विद्यालय समितिहरु बनेका छन् । २१ हजार ७५० समिति बन्नुले महत्वपूर्ण उपलव्धी मान्न सकिन्छ । यी समितिहरु बनेनन् मात्र, यी समितिहरु चलायमान समेत बने । जसको फलस्वरुप साझेदारी केन्द्रीत दुई हजार ३२२ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्तै, समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन प्रशिक्षक प्रशिक्षण अभिमुखीकरण कार्यक्रम, विषय केन्द्रीत अनुशिक्षण तालिम, अवधारणा केन्द्रीत प्रशिक्षण समेत सम्पन्न भएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको समुदायसँगको सहकार्य हो । यो सहकार्यले पक्कै पनि देशमा शान्ति सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि आवश्यक साथ र सहयोग पक्कै पनि हुनु नै पर्छ । त्यसका लागि महत्वपूर्ण कार्यका लागि अगाडि बढ्नुको विकल्प छैन । प्रहरीको सफलतासँगै सिंगो समाजको अस्तित्व जोडिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!