
लन्डन । मार्केट भ्यालुकै कारण पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्राजिलियन युवा स्टार नेमार जुनियरलाई अन्य क्लबमा बेच्न सकिरहेको छैन । दुई वर्षअघि पिएसजीले नेमारलाई बार्सिलोनाबाट १९ करोड ८० लाख पाउन्ड खर्चिंदै भिœयाएको थियो । अब पिएसजीलाई त्यही मार्केट भ्यालु नै समस्या परिरहेको छ । फुटबलमा मार्केट भ्यालु गज्जबको हुँदो रहेछ । जबसम्म खेलाडीको मूल्यबराबर रकम आउँदैन, तबसम्म क्लबले ती खेलाडीलाई स्थानान्तरण गर्दैन । बार्सिलोना, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडले नेमारलाई भिœयाउन धेरै प्रयास गरे, तर मार्केट भ्यालुअनुसार रकम बुझाउन नसक्दा उनीहरू पछि हट्न बाध्य भए । अहिले नेमारको मार्केट भ्यालुको प्रसंग चलिरहँदा बेलायती मिडियाहरूले पछिल्लो दुई दशकबीचका खेलाडीको मार्केट भ्यालुको तुलना गरेका छन् । बेलायती मिडियाले सन् २००० र यसअघिका चर्चित खेलाडीबीच सम्झौता रकमको वर्तमान समयमा तुलना गरेका छन् । यसअनुसार ब्राजिलका रोनाल्डो विश्वकै सर्वाधिक महँगा खेलाडी बन्न सक्थे । यसैगरी, अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोना दोस्रो महँगा खेलाडी हुन सक्ने मिडियाले दाबी गरेका छन् ।
३८ करोड ३० लाख पाउन्ड
सन् १९९७ मा रोनाल्डो बार्सिलोनाबाट सिरिए क्लब इन्टरमिलानमा अनुबन्ध भएका थिए । त्यसवेला मिलानले बार्सिलोनालाई बुझाएको रकमलाई अहिलेको मूल्यसित दाँज्दा ३८ करोड ३० लाख पाउन्ड हुन आउने द सनले जनाएको छ । मिलानले त्यतिवेला रोनाल्डोलाई भिœयाउन बार्सिलोनालाई तीन करोड २० लाख पाउन्ड बुझाएको थियो । एक वर्ष बार्सिलोनामा बिताएका रोनाल्डोले ४९ खेलमा ४७ गोल गरेका थिए । बार्सिलोनामा रहँदा उनले फिफा वर्ष खेलाडी अवार्ड पनि जिते ।
दुई सिरिए उपाधि
सन् १९८६ को विश्व च्याम्पियन कप्तान म्याराडोनाले इटालियन क्लब नेपोलीमा अनुबन्ध भएका थिए । म्याराडोना नेपोलीसँग अनुबन्ध हुँदाको रकमलाई वर्तमान समयको मूल्यमा ढाल्ने हो भने उनको मार्केट भ्यालु ३० करोड ५० लाख पाउन्ड हुन्थ्यो । नेपोलीमा रहँदा म्याराडोनाले दुई सिरिए लिग जिते । नेपोलीलाई सिरिए र युरोपियन फुटबलमा शक्तिशाली बनाउनमा म्याराडोनाको योगदान महŒवपूर्ण रह्यो ।
मार्केट भ्यालुमा हिगुइन पनि बलियो
सन् २०१६ मा अर्जेन्टिनी स्ट्राइकर गोन्जोलो हिगुइन नेपोलीबाट युभेन्टस गए । त्यसवेला युभेन्टसले हिगुइनका लागि आठ करोड ८५ लाख पाउन्ड खर्चिएको थियो । यदि सन् २०१९ मा युभेन्टसले हिगुइनलाई नेपोलीबाट ल्याएको भए २३ करोड ४० लाख पाउन्ड तिर्नुपर्ने थियो । यता सन् २०१५ मा लिभरपुलबाट म्यानचेस्टर सिटीले रहिम स्टर्लिङ किन्यो । त्यसवेला सिटीले स्टर्लिङलाई भिœयाउन लिभरपुललाई चार करोड ९० लाख पाउन्ड दिएको थियो । वर्तमान समयको मार्केट भ्यालुअनुसार त्यो रकम १७ करोड ६० लाख पाउन्ड हुन जान्छ ।






