एनआरएनको कथाव्यथा

SHARE:

जयराम तामाङ
धादिङ गजुरी, हाल स्वीन्डन

प्रवासको बसाई, केही दिनको कमाई, साहुको ऋण तिरेछन्
घनीभूत माया, स्वदेशको रहेछ, केही क्षणलाई फिर्केछन् ।
धनको तुजुक, एयरपोर्टमा दियो, हैसियत पो बिर्सेछन्
अहमताको शिक्षा, स्वदेशमा होइन, विदेशमा सिकेछन् ।
ज्ञान र सीप, लगानीभन्दा ,डाह धेर भित्रिएछन्
ममताको भावना, हृदयमा तिनको, सर्लक्कै निख्रिएछन् ।
एनआरएनभित्र एनारनहरु नेता भई निस्केछन्
दस औंला जोडी गोडामा ढोगी भोट माग्न हिँडेछन् ।
मद्यपान गरी, लालचमा परी दौलतमा बिकेछन्
के खाथ्यौ एनारन, के लाथ्यौ एनारन, सब तिन्ले भुलेछन्
छविमा तिनको दाग लाग्य रैछ मिडियाले फुकेछन् ।
साधूको भेषमा सफाई दिँदै शिर तिनको झुकेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!