५० वटा स्वर्ण पदक जित्ने लक्ष्य लिएका छौं : महेन्द्रकुमार राई

SHARE:

महेन्द्रकुमार राई, १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रिय टिम तयारी समिति सचिव नेपालमा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन गरिएको छ । मंसिर १५ देखि सुरु भएको साग खेलकुद २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा राखिएको छ । सोही साग गेमको तयारीका लागि बनेको राष्ट्रिय टिम तयारी समिति सचिव छन्, वरिष्ठ कराते प्रशिक्षक महेन्द्रकुमार राई । राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीका निर्देशक, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक रहिसकेका राई २०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङबाट राखेपको सेवा प्रवेश गरेका हुन् । ०६३ मा द्वितीय श्रेणीको रुपमा वरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नति भएका थिए । नेपालको साखसँग जोडिएको साग राष्ट्रिय टिम तयारी समिति सचिव एवं वरिष्ठ कराते प्रशिक्षक राईसँग यस खेलकुद प्रतियोगिताको महत्व र सहभागी खेलाडीहरुबारे दीपेन्द्र गुरुङले गरेको संक्षिप्त कुराकानी :

नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको छ, यसको महत्व के छ ?
सार्क कन्ट्रीहरुका लागि ओलम्पिक जस्तो हो यो खेलकुद प्रतियोगिता । त्यसले गर्दा इम्पोटेन्ट छ । खेलकुदले एउटा भाइचारा, पर्यटन, आर्थिक विकास, समृद्धिका लागि पनि मद्दत पुर्‍याउँछ । त्यसले गर्दा पनि यो आवश्यक छ ।
तपाईं राष्ट्रिय टिम डाइरेक्टर र राष्ट्रिय टिम तयारी समिति समिति सचिवको नाताले साग गेमको तयारीबारे बताइदिनुहोस् न ?
राष्ट्रिय टिम तयारी समितिले ५ सय ९४ जना खेलाडी तयार गरेर राष्ट्रलाई बुझायो । ५ सय ९४ जना खेलाडी, १ सय २१ जना प्रशिक्षक, १३ जना विदेशी प्रशिक्षक, ५२ व्यवस्थापक गरी ७ सय ८० जनाको नेपाली टोली तयार पारेर हामीले राज्यलाई दियौं, साग गेमका लागि ?
साग खेलमा कतिले भाग लिँदैछन् ?
सात वटा देशले भाग लिइरहेको छ ।
भारतका खेलाडी ५ सय ३५, अफिसियल १ सय ६७ गरी ७ सय २ जना
नेपालका ७ सय ८० बंगलादेशका खेलाडी ४ सय ७८, अफिसियल १ सय ७४ जना गरी ६ सय २५ भुटानका १ सय १७ खेलाडी, २७ अफिसियल गरी १ सय १ सय ४४ पाकिस्तान ३ सय ७८ खेलाडी, अफिसियल १ सय ४ गरी ४ सय ८३ माल्दिभ्सबाट १ सय ८२ खेलाडी र ५२ अफिसियल गरी २ सय ३४ श्रीलंका ५ सय ५६ खेलाडी, अफिसियल १ सय ९९ गरी ७ सय ५५ जना सातै देशका गरी जम्मा खेलाडी २९ सय १० जना, ९ सय १३ जना अफिसियल छन् ।
अहिलेको १३ औं सागमा ३ हजार ८ सय २३ जना खेलाडी, प्रशिक्षक, व्यवस्थापक सहभागी छन् ।
सागअन्तर्गगत आर्चरी, व्याटमिन्टन पोखरामा भइरहेको छ । भारोत्तोलन, टायथलन, बीच भलिबल, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल पोखरामा भइरहेको छ भने कुस्ती जनकपुरमा हुनेछ । प्याराग्लाइडिङ दुइटा देशमात्र भएकोले प्रतिस्पर्धा नहुने भयो । २७ खेलमा प्याराग्लाइडिङ नहुने भएपछि २६ वटामात्र हुँदैछन् ।
यसपटक नेपालको टार्गेट के हो ?
नेपालको टार्गेट भनेको दोस्रो हुने हो । ५० वटा स्वर्णपदक जित्ने टार्गेट छ ।
आठौं सागमा पनि नेपाल दोस्रो भएको थियो, अहिले पनि त्यही हुने ?
आठौं दक्षिण एशियाली खेलकुद (साग) मा ३१ वटा स्वर्ण पदक जितेर दोस्रो भएको थियो नेपाल । अहिले खेल संख्या बढेकोले पनि ५० वटा स्वर्ण पदक जित्ने लक्ष्य लिएका छौं ।
अन्य तयारी कस्तो रह्यो ?
हामीले ६ महिना अगाडिदेखि तयारी गरेको थियौं । २१ वटा खेललाई वैदेशिक प्रशिक्षण, वैदेशिक प्रतियोगिताहरुमा पठायौं । राज्यको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी गर्‍यौं ।
सागको समग्र तयारीचाहिँ ?
तयारी त सबैले देखिरहनु भएकै छ । छोटो समयमा पनि हामीले भव्य तयारी गर्न सकेका छौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!