एमसीसीको विषयमा तनाव लिन आवस्यक छैन : नेकपा प्रवक्ता

SHARE:

म्याग्दी । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्र हितमा हुने गरी पार्टीबाट एकमतले पारित गर्ने निर्णय हुने बताएका छन् ।

शनिबार बेनीमा आयोजित कार्यक्रममा श्रेष्ठले देशकै मत विभाजन हुनेगरी चर्चामा आएको एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइने बताएका हुन् ।

‘एमसीसीको विषयमा तनाव लिन आवस्यक छैन् । सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा छ । महाकालीबाट पाठ सिकेकाले सचिवालयले एकमतले राष्ट्रहितमा निर्णय गर्छ’ श्रेष्ठले भने, ‘एमसीसी अन्ध सर्मथन वा विरोध गर्ने भन्दा मनन गरी धारणा बनाउनुस ।’

राष्ट्रिय सभामा आफ्ना लागी भोट माग्न श्रेष्ठ म्याग्दी आएका हुन । राष्ट्रिय सभामा म्याग्दीबाट नेकपाको २ प्रदेशसभा सदस्यसहित ७ जनाको १ सय ८६ अंक, स्थानीय तहका मेयरसमेत ६ जनाको १ सय ८ अंक छ भने काँग्रेसको र उपमेयर एक जना राप्रपाको गरी १८ अंक छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!