तमु समाज यूकेमा खेन्पोद्वारा दोमाङ पूजापाठ

SHARE:

शिबशरण गुरुङ
लन्डन । बेलायत भ्रमणमा रहेका गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र नेपालका महासचिब श्रद्धेय धर्मगुरु खेन्पो दशरथ गुरुङ लामाले साङ सरक्यम पूजा, दोमाङ पूजा, गुरु रिम्पोछे पूजा, तारा (ढोल्मा) पूजा, महाकल पूजा तथा प्रवचन दिएका छन् । उनले गत शनिबार ७ फेब्रुअरी २०२० का दिन तमु समाज यूकेको आयोजनामा पूजा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख लामा खेन्पो दशरथ गुरुङ, देवाचन बुद्धिस्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ, लामा हिता गुरुङ, राङजुङ येसे ओडियाना यूके, सिआईओ सेन्टर फार्नबरोका लामा शेरब फुन्चोक र पायुल सेन्टर लन्डनका लामा दावा नोर्बु लामा गुरुलाई स्वागत गरिएको थियो ।
प्रमुख अतिथि श्रद्धेय धर्मगुरु खेन्पो दशरथ गुरुङ, आमा समूहका अध्यक्ष बिन्दु घले र कार्यक्रमका जेष्ठ सदस्यबाट संयुक्तरुपमा दीप प्रज्ज्वलन गरी पूजा कार्यक्रम शुभारम्भ गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्मगुरु खेन्पो दशरथ गुरुङ, देवाचन बुद्धिस्ट सेन्टर यूकेका प्रमुख लामा धरम गुरुङ र अन्य तीनजना लामा गुरुहरुबाट साङ सरक्यम पूजा र दोमाङ पूजा सञ्चालन गरिएको थियो । दोस्रो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्मगुरु खेम्पो दशरथ गुरुङले बौद्ध शिक्षा, दर्शन र बौद्ध लामाहरुबाट गरिने विभिन्न महत्वपूर्ण पूजापाठहरुको बारेमा प्रवचन दिएका थिए । कार्यक्रमको अन्तिम चरणमा उपस्थित सबैले धर्मगुरुहरुबाट अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष शिवचन्द्र गुरुङ र उपाध्यक्ष शिवकुमार गुरुङले श्रद्धेय धर्मगुरु खेन्पो दशरथ गुरुङलगायत पूजा सञ्चालनमा सहभागी सबै लामागुरुहरुलाई मायाको चिनोस्वरुप तमु समाज यूकेको प्लेक तथा समाजको लोगो अंकित खादाबाट सम्मान गरिएको थियो ।

कार्यक्रमको मन्तब्य राख्नेक्रममा प्रमुख अतिथि श्रद्धेय खेन्पो दशरथ गुरुङले तमु समाज यूकेले समाजमा गरेका कार्यहरुको प्रशंसा गर्दै समाजद्वारा आयोजना गरेको पवित्र दोमाङ पूजा तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथि तथा लामाको रुपमा आफूले प्राप्त गरेको स्वागत तथा सम्मानका निम्ति खुसी र आभार प्रकट गर्दै तमु समाज यूकेलाई उत्तरोत्तर प्रगतिको शुभकामनासहित हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । त्यस्तै, मन्तव्यकै क्रममा प्रमुख अतिथिले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा हालै विभिन्न मुलुकहरुमा संक्रमण महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको शीघ्र रोकथाम भई नफैलियोस् र विश्वभरिका संक्रमितहरुको शीघ्र स्वस्थ्यलाभ होस् भन्ने कामनासहित बिशेष पूजापाठ तथा प्रार्थना पनि गरेका थिए ।

अत्यन्तै सौहार्द तथा पारिवारिक वातावरणमा सुसम्पन्न भएको पूजा कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, तमु समाज यूकेका सदस्यहरु, आमा समूहको अध्यक्ष बिन्दु घले लगायत आमा समूहका अन्य पदाधिकारीहरु तथा आमाहरु, युवा समूहका अध्यक्ष लगायत युवायुवतीहरु र जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अन्तमा अध्यक्ष शिवचन्द्र गुरुङले धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।

विशेष पूजा तथा प्रवचन कार्यक्रमका निम्ति स्वस्फूर्त श्रद्धाभावपूर्वक विभिन्न महानुभावहरुले प्रदान गरेको आर्थिक दान र भोजनदानबाट उपस्थित सबैलाई आमा समूहले नि:शुल्क खाजा र खानाको व्यवस्थापन गरेका थिए । कार्यक्रम आयोजनामा आरम्भदेखि अन्तसम्म खेलकुद तथा खाद्य सचिव हरिमान गुरुङ र आमा समूहको अध्यक्ष बिन्दु घलेको विशेष भुमिका रहेको थियो । कार्यक्रमको फोटोग्राफी आजीवन सदस्य ओमकार गुरुङ र टेक गुरुङले गरेका थिए ।

तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षता र खेलकुद तथा खाद्य सचिव हरिमान गुरुङ र आमा समूहका अध्यक्ष बिन्दु घलेको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब हर्कबहादुर गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!