प्रकाशित समाचारको लिंक फेब्रुअरी १० भित्र पठाउन पत्रकार महासंघ बेलायतको आग्रह

SHARE:

लन्डन माघ २० । नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई यही फेब्रुअरी १० तारिखभित्र नवीकरणको समय रहेको भन्दै आफूले लेखेका वा तयार पारेका विद्युतीय सामग्रीहरुको लिंक पठाउन आग्रह गरिएको छ ।

अध्यक्ष नरेश खपाङ्गीमगरले सूचना जारी गर्दै पूर्वनिर्धारित समयावधिभित्र नवीकरणका लागि त्यस्ता सामग्री पठाउन अपील गरेका हुन् । ‘अहिलेसम्म सदस्यता नवीकरणका लागि आफूले लेखेका सामग्रीहरु वा आफूले तयार पारेको विद्युतीय सामग्रीहरुको लिंक नेपाल पत्रकार महासंघको इमेल fnjuk2012@gmail.com मा नपठाउनुभएको भए तुरुन्त पठाउन हुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । तोकिएको समयभित्र सामग्री नपठाउने सदस्यहरुले शाखाको आगामी निर्वाचनमा भाग लिन नपाउने समेत अध्यक्ष खपाङ्गीमगरले सूचनामार्फत् प्रस्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघको सदस्यता नविकरणबारे अत्यन्त जरुरी सूचना

नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई यो सूचित गरिन्छ कि यस शाखाको सदस्यता नविकरण गर्ने समयावधि यही फेब्रुअरी १० तारिखसम्म मात्र रहेको छ । यस सम्बन्धी सूचना जनवरी १० तारिखमै प्रकाशित भइसकेको छ । अहिलेसम्म सदस्यता नविकरणका लागि आफूले लेखेका सामग्रीहरु वा आफूले तयार पारेको विद्युतीय सामग्रीहरुको लिंक नेपाल पत्रकार महासंघको इमेल fnjuk2012@gmail.com मा नपठाउनुभएको भए तुरुन्त पठाउन हुन अनुरोध गरिन्छ । तोकिएको समयभित्र सामग्री नपठाउने सदस्यहरुले शाखाको आगामी निर्वाचनमा भाग लिन पाउनुहुने छैन ।
यो सूचना जारी हुनुभन्दा अगावै प्रकाशित समाचारको लिंक पठाइसक्नुभएका सदस्यहरुले कृपया यो सूचनालाई वेवास्ता गर्नुहोला ।
थप जानकारीका लागि तलको लिङ्कमा क्लीक गर्नुहोला ।
http://fnjuk.org/2021/01/09/1497.html
धन्यवाद

भवदीय
नरेश खपाङ्गीमगर

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!