‘नेपाल रन’ द्वारा फेब्रुअरीभर ‘भर्चुअल रन’ प्रतियोगिता आयोजना

SHARE:

लन्डन माघ २१ । कोरोना महामारीसंगै बढेका शारीरिक तथा मानसिक समस्याहरु विरुद्ध चेतना फैलाउने उद्देश्यले बेलायत तथा अन्य क्षेत्रमा छरिएर रहेका नेपाली धावकहरुको समूह ‘नेपाल रन’ ले फेव्रुअरी महिना भरका लागि ‘भर्चुअल रन’ दौड प्रतियोगिता आयोजना गर्न लागेको छ । उक्त कार्यक्रममा नेप्लिज ब्रिटिस कम्युनिटी युकेको सपोर्टर तथा एनआरएन युके, पत्रकार महासंघ युके, डाटफोर्ड नेपाली समाज, ननिटन नेपाली समाज, जनचेतनामूलक अभियान प्रेरणा लगायत धेरै संघसंस्थाहरु प्रमोसनल पार्टनरका रुपमा रहेका छन् ।

कार्यक्रममा उपस्थित दौड समूहका अभियन्ता तथा नेप्लिज ब्रिटिस कम्युनिटीका संयोजक राज ओझाले बेलायतका विभिन्न क्षेत्रमा रहेर पार्क रनमा लागेका समूह र अन्य मुलुकमा पनि समुदायमा दौडिएर स्वास्थ्य र शारीरिक चेतना फैलाइ रहेका अभियन्ताहरुलाई स्वागत गर्दै कार्यक्रममा सहभागी भई भरपुर लाभ लिन अनुरोध गरे । आफु लगायत समूहमा विगत केहि बर्ष देखि निरन्तर रुपमा दौडने र अरुलाई पनि प्रोत्साहन गर्ने गतिविधिले धेरैमा सकारात्मक प्रभाव पार्न सकेको भन्दै सबैले एक अर्कालाई सकारात्मक रुपमा प्रोत्साहन गर्न सकिने भन्दै यो अभियानलाई समुदायसम्म पुर्‍याउन अनुरोध गरे ।

आफू बसेको ठाउँ र आफ्नो अनुकूल समयमा फेव्रुअरी महिना भर दौडिन सकिने उक्त प्रतियोगितामा ५ किलोमिटर, १० किलोमिटर, २१ किलोमिटर समूह मध्ये एक छानेर नेपाल रनको अफिसियल वेबसाइट www.nepalrun.org मा दर्ता गरेर दौड पूरा गर्ने या नसके हिंडेर भए पनि उक्त दूरी पार गर्न सकिने बताइएको छ । दौडमा १८ बर्ष मुनिका युवा तथा बालबालिकाले ५ किलोमिटर दूरी पुरा गर्न सक्ने बताइएको छ । दौडिएको रेकर्ड मोबाइलको दौड सम्बन्धि एप्समा रेकर्ड गरेर या स्पोर्ट्स वाच , फिटनेस ट्रयाकर मार्फत नेपाल रनको इमेल info@nepalrun.org मा पठाउनु पर्ने नेपाल रनका निर्देशक सन्तोष राईले बताए । रेकर्ड प्राप्त भएपछि नेपाल रनको तर्फबाट दौड समापन गरेको मेडल पोस्ट मार्फत पठाइने उनले जनाए ।

कार्यक्रममा अर्का अभियन्ता पाण्डव महतोले चिसो मौसममा बाहिर दौडींदा आफु मानसिक रुपमा तयार रहन र १-२ लेएर लुगा लगाएर टाउको, घांटी र हात न्यानो पार्नुका साथै सजिलो हुने जुत्ता लगाएर दौडंदा आनन्द प्राप्त हुने बताए । कार्यक्रममा पत्रकार भगीरथ योगीले कार्यक्रम समय सुहाउँदो भएको टिप्पणी गर्दै धावकहरुको ‘हेल्थ एण्ड सेफ्टी’ र अन्य सावधानीबारे जिज्ञासा राखेका थिए । जवाफमा सन्तोष राईले आफ्नो पार्क र घरमा समापन गर्नुपर्ने क्रियाकलापको जिम्मेवार आफै हुनु पर्ने बताउंदै कोरोनाबारे सरकारको गाइड लाइनलाई मानेर प्रतियोगितामा भागलिन अनुरोध गरे । कार्यक्रमका म्यानेजर उदेश देवानले अनलाइन दर्ता र डेटा प्रोटेक्सनबारे जानकारी दिएका थिए ।

पत्रकार एभरेस्ट गौतमको जिज्ञासाको जवाफ दिंदै राईले कार्यक्रमको दर्ता सुरु भै सकेको र अनलाइन दर्ता गरेपछि आफुलाई मनलागेको समय र दिनमा आफुले रोजेको दूरी पार गरेर फेव्रुअरी महिना भरमा प्रमाण इमेलबाट पठाउनु पर्ने बताए ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै लामो समय देखि दौडमा लागेका साथै निरन्तर योग कक्षा संचालन गरिरहेका वरिष्ठ धावक आत्माराम दाहालले महामारीमा कोरोनाबाट बच्नको अलावा शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नका लागि सकेको दूरी र रफ्तारमा दौडिन या योग अभ्यासमा निरन्तर लाग्न अनुरोध गरे । आफु डाएबिटीजको रोगी भएर पनि निरन्तर दौड र योगमार्फत स्वस्थ रहन सफल भएको उनले अनुभव सुनाए ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउदै अन्जु सिग्देलले आफु दमको बिरामी भएता पनि दौडन थाले पछि अहिले दमको औषधि खान छाडेको बताइन् । नियमित दौड र शारीरिक अभ्यासले गर्दा आफुले स्वास्थ्य लाभ गरेकाले सबै पुरुष दाजुभाइहरुले आफ्नो घरका महिलाहरुलाई पनि घरको काम सघाएर संगै शारीरिक तन्दुरुस्ती अभियानमा लगाउन उनले अनुरोध गरिन् । त्यस्तै अर्की अभियन्ता निलु राई देवानले दौडन चाहनेहरुलाई सुरुमा १ – २ किलो मिटर देखि सुरु गर्ने नसके हिड्ने क्रम बिस्तारै बढाउँदै लैजान सकिने सुझाव दिइन् । दौडमा लागेर नै आफ्नो तौललाई सन्तुलनमा ल्याउन सकेको भन्दै उनले दौडले रोगसंग लड्न सक्ने क्षमता विकास गर्ने र त्यसबाट पनि बचाउने विचार व्यक्त गरिन् ।

‘ब्यांक एकाउंट जस्तै हेल्थ एकाउंट’

स्कटल्याण्डको एबरडीन शहरमा बसोबास गर्ने धावक राजेन्द्र रेग्मीले १२ वर्ष अघि दौडिन शुरु गर्दा आफ्नो वजन ९२ किलो रहेको र अहिले ६४ किलोमा झरेको बताए। दौडले गर्दा संयम, उर्जा, दक्षता, सामाजिक जीवन र आत्माविश्वासको स्तर बढेको आफुले अनुभूत गरेको उनले बताए। “जसरी हामी सबैको ब्यांक अकाउंट हुन्छ, त्यस्तै हाम्रो हेल्थ अकाउंट पनि हुन्छ। हामी नियमित रुपमा दौडदा हाम्रो हेल्थ अकाउंट बढ्दै जान्छ, जुन पछि काम लाग्छ,” उनले भने।

कार्यक्रममा कोरोना संक्रमण पछि शारीरिक रुपमा तन्दुरुस्त रहनु पर्ने नयाँ आत्मबोधले आत्मविश्वास र तालिमसंगै लण्डन म्याराथन दौडिन सफल भोला पनेरु र माधव पराजुलीले आफ्नो अनुभव सुनाएका थिए । त्यस्तै राजेन्द्र उप्रेती, शिव सैंजु, केशर पाण्डे, प्रकाश थापा, किरण अधिकारी, धन क्षेत्री, बिकास जोशी लगायत थुप्रै अभियन्ताहरुले दौडमा लागेर प्राप्त गरेको शारीरिक स्वास्थ्य लाभ र सकारात्मक सोचबारे आआफ्नो अनुभव बांडेका थिए ।

कार्यक्रमको उद्देश्य प्रतियोगिता र तक्माको लागि नभएर शारीरिक तन्दुरुस्ती राख्न समुदायका सदस्यहरुमा सचेतना फैलाउनु र एक अर्कालाई प्रोत्साहन गर्नु रहेको समूहका एक अभियन्ता डा. जगन कार्कीले बताए । “सामाजिक संजालहरु मार्फत शारीरिक तन्दुरुस्तीको अभ्यास र सकारात्मक खबरहरु शेयर गर्दा आफ्ना साथीभाइ इस्टमित्रहरुमा पनि चेतना फैलाउन सकिने भएकोले शारीरिक रुपमा तन्दुरुस्त रहन प्रोत्साहन गर्नु कसैलाई रोग लाग्दा या दुखद घटना हुँदा दुख ब्यक्त गर्नु, देवी देउता भाक्नु भन्दा पनि पुण्य काम भएकाले सबैलाई लकडाउन भरि दौडन या नसके हिंड्न भएपनि सबैले एक अर्कालाई प्रोत्साहन गरौँ,” उनले भने ।

नेपालका लागी अंतरास्ट्रिय पदक बिजेता क्योकोसिन खेलाडी सुरज कार्कीले शारीरिक तंदुरुस्तीले आत्माबल बढाउने मात्र हैन रोग संग लड़ने क्षमता पनि बढ़ाउँछ त्यसैले फिटनेस ज़रूरी रहेको प्रस्ट पारे ।

नेप्लिज ब्रिटिस कम्युनिटीका सचिव रबिन्द्र अधिकारीले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै सबैलाई #stayfitbitthepandemic #adiyokisadiyo ह्यास ट्याग दौडको मूलमन्त्र रहको भन्दै सबैलाई आआफ्नो परिवारका सदस्य सहित शारीरिक अभ्यासमा लग्न अनुरोध गरे ।

कार्यक्रममा न्यूयोर्कमा बसोबास गर्ने नेपाली धावक युवराज खनाल, जर्मनीमा बसोबास गर्ने विकास जोशी लगायतका वक्ताहरुले पनि आफ्नो अनुभव बांडेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!