राजदुत सुबेदीलाई सलाम ठोक्न चाहन्छु

SHARE:

चिम्खोले काईला

बेलायत – बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी उहाँको श्रीमती पुनम राज्य लक्ष्मीदेवीसंगै आज स्वदेश फर्कनु भएको छ। राजदुत सुबेदी स्वदेश फर्कनु अघि दुताबासको लेटरप्याडमा सूचना प्रकाशित गरि इमेल मार्फत बेलायतबासी नेपालीहरुलाई आफु नेपाल फर्किन लागेको समाचार सुचित गरिएको छ।

उहाँले सूचनामा नमस्कार, संयुक्त अधिराज्य (बेलायत) आयरल्याण्ड र माल्टाका लागि नेपाली राजदुतका रुपमा आफ्नो चारबर्षे कार्यकाल सफलतापुर्बक सम्पन्न गरी म पत्नी पुनमका साथ आज बि. सं.  २०७७ माघ २५ गते (७ फेब्रुअरी २०२१) का दिन स्वदेश फर्किरहेको छु भन्नु भएको छ। राजदुतका रुपमा नेपाली दुतावासमा रहंदा मलाई प्राप्त मित्रता, स्नेह, आत्मियता एबं सहयोग र सद्भावनाका लागि आदरपुर्बक आभार र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु भन्नु भएको छ।

नेपाल पुगेपछि पनि म सम्पर्कमा रहने छु। हाम्रो मित्रता , सुसम्बन्ध र आत्मियता सदासर्बदा कायम रहनेछ भन्नु भएको छ। बेलायत आयरल्याण्ड र माल्ताबासी समस्त आदरणीय दाजुभाई तथा दिदी बहिनिको सुख , सुस्वास्थ्य संवृद्धि,  शान्ति र प्रगति हो भन्नु भएको छ। सम्पर्कका लागि ठेगाना, इमेल, टेलिफोन र टुइतर दिनुभएको छ।

नेपाल-बेलायत सम्बन्ध अमर रहोस्

नेपाल-आयरल्याण्ड सम्बन्ध अमर रहोस्

नेपाल-माल्टा सम्बन्ध अमर रहोस्

मेरो बिश्लेक्षणमा पनि बेलायतका लागि नेपाली राजदुत तथा बरिष्ठ साहित्यकार डा दुर्गा बहादुर सुबेदी (डा. दु. ब. सु. क्षेत्री) ज्युको चारबर्षे कार्यकाल अत्यन्त सफल रहेको मुल्यांकन गरेको छु ।उहाँले बिगतमा दुतावासमा भएको ढिला सुस्ती र फोहरलाई निर्मल पार्दै उहाँको कार्यकालमा दुतावासको शेवा चुस्त, दुरुस्त, छिटो र छरिटो गरी बेलायतबासी शेवाग्राहीलाई उच्च स्तरको सुबिदा दिनु भएको थियो। उहाँ लगायत दुतावासका प्रत्येक कर्मचारी बेलायाबासी नेपालीहरुका लागि इमान्दारी, बफादरी र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो। राजदुतज्यु लगायत उहाँका कर्मचारीहरु युकेबासी नेपालीहरुले आयोजना गरेको हरेक कार्यक्रमहरुमा पुगेर सल्लाह, सुझाब र हौसला प्रदान गर्नुहुन्थ्यो। राजदुतज्युले बेलायती सरकार र नेपाल सरकासँग सहकार्य गरी भुतपुर्बक गोर्खाजहरुको समस्यको समधान गर्नमा पहल गर्नु भएको थियो।

राजदुतज्युले बेलायत भरि छरिएर बसेका नेपाली साहित्यकारहरुका कृतिहरुलाई लिपिबद्ध गरी बिभिन्न विधाको पुस्तक प्रकाशन गरी, बामे सर्दै गरेका साहित्यकारहरुलाई हौसला प्रदान गरेका थिय भने त्यस्तै बेलायतमा स्थापित बिभिन्न साहित्य संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा पुगेर सल्लाह, सुझाब र हौसला प्रदान गर्नु भएको थियो। बेलायतका लागि नेपाली राजदुत तथा बरिष्ठ साहित्यकार डा दुर्गा बहादुर सुबेदी (डा.दु.ब.सु. क्षेत्री) ज्यु, राजदुतज्युकी धर्म पत्नी पुनम म्याडमज्यु, लगायत दुताबासका कर्मचारीज्युहरुलाई चारबर्षे कार्यकाल अत्यन्त सफल रहेको मुल्यांकन गर्दै उहाँहरु सबैलाई सलाम ठोक्न चाहन्छु।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!