नेपालको जनगणना विषयमा तमु प्ये ल्हु संघ यूकेले फेब्रुअरी २६ मा भर्चुअल अन्तरक्रिया गर्ने

SHARE:

लन्डन माघ २७ । नेपालको जनगणना विषयमा तमू प्ये ल्हु संघ यूकेले अन्तर्राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपालमा २०७८ जेष्ठ २५ देखि सुरु हुन लागेको राष्ट्रिय जनगणनाका विषयमा अभिमुखिकरण गर्न तमू प्ये ल्हु संघ युकेले देश विदेशमा रहेका सबै संघहरुबीच भर्चुअल अन्तरक्रिया गर्न लागेको जनाएको छ । तमू प्ये ल्हु संघ यूकेका अनुसर नेपालमा बसोबास गरिरहेका तमू समुदायले जनगणनामा आफ्नो उमेर, स्वास्थ्य, लिङ्ग, आस्था तथा धर्म, संस्कृति, पेशालगायतका थुप्रै विषयमा विवरण भर्दा उत्पन्न हुने अन्योल न्यूनिकरणका लागि यही २०२१ फेब्रुअरी २६, शुक्रबारका दिन भर्चुअल अन्तरक्रिया गर्नेछ ।

तमु समुदायका कोही पनि सरकारी क्षेत्रबाट प्राप्त हुने कुनै पनि सुविधाबाट बन्चित हुनु नपरोस् भन्दै धर्मको महलमा बोन धर्म लेख्न संघले आग्रह गरेको अध्यक्ष मेजर खुसीमान ल्हेंगे तमूले जनाए । ‘हाम्रो अभियान, बोंन धर्म हाम्रो पहिचान’ भन्ने नारालाई देशका सबै ठाउँमा प्रचार प्रसार गर्न पनि संघले सम्पूर्ण तमूहरुलाई आग्रह गरेको छ ।

तमु समुदायका सबैलाई राष्ट्रिय जनगणनामा व्यापक रुपमा सहभागिता गराई उचित विवरण संकलन गर्न पनि अध्यक्ष तमुले आग्रह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!