बीसीसी यूकेद्वारा रिन्पोछे र खेन्पोको बिदाई

SHARE:

पूर्ण गुरुङ
लन्डन माघ २६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा रिन्पोछे र खेन्पो गुरुलाई बिदाई गरेको छ । सोमबार ८ फेब्रुअरीका दिन बीसीसी यूकेका अध्यक्ष नरेश गुरुङलगायत पदाधिकारीहरुले गुम्बा परिसरबाट खादा लगाई बिदाई गरेका हुन् ।

त्यस्तै, बीसीसी यूकेका उपाध्यक्ष आङ्गदावा शेर्पाले उनीहरुलाई हिथ्रो विमानस्थलमा पुर्‍याउन गएका थिए भने पूर्वअध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ एमबिई र उपाध्यक्ष धर्म तामाङसमेत बिदाईका लागि हिथ्रो एयरपोर्ट पुगेका थिए । सोही अवसरमा उनीहरुले बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका खेन्पो गुरु छिरिङ्ग तामाङको समेत स्वागत गरेका थिए ।

गत वर्ष बेलायत आएका रिन्पोछे लुङ्गरिक ञ्यिमा र खेन्पो ञ्यिमा सिङ्गे मगर करिब १ वर्षको बसाईपश्चात् नेपाल फर्केका हुन् । उनीहरुले करिब १ वर्षभन्दा बढी बीसीसी यूकेमा रहेर विभिन्न धार्मिक पूजापाठ, मृत्यु कर्मकाण्ड, ग्रह शान्ति, शिल तथा वाङ्ग (आशीर्वाद) ग्रहण, बौद्ध शिक्षा, मेडिटेशन, चोई प्रशिक्षण, धार्मिक प्रवचन गराउँदै आएका थिए ।

बीसीसी यूकेको बसाईको क्रममा रिन्पोचे लुङ्गरिकले धार्मिक पूजापाठका साथसाथै हेरकोर र खेन्पो ञ्यिमाले ईच्छुक नेपालीहरुलाई सामबोटा लिपी सिकाएका थिए । त्यस्तै, खेन्पो ञ्यिमाले लकडाउन सुरु भएदेखि नै स्थानीय बेलायतीहरुको मेडिटेशन समूह र ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) मार्फत भर्चुयली मेडिटेशनसमेत गराएका थिए ।

छोटो समयमा पनि भक्तजनहरुको अपार माया पाउन सफल लामा गुरुद्वयलाई वर्तमान कोभिड–१९ का कारण सबै सहभागी भई बिदाई गर्न नपाए तापनि गत शनिबार ६ फेब्रुअरीका दिन बीसीसी यूके तथा सामबोटा लिपीका विद्यार्थीहरुले संयुक्त रुपमा जुम प्रविधि (भर्चुयल) मार्फत बिदाई गरेका थिए । सो बिदाईको क्रममा दुवै जना लामा गुरुहरुले बेलायतवासी नेपाली भक्तजनहरुले दिएका माया, साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।

जुम प्रविधिमार्फत भर्चुयली सम्पन्न उक्त औपचारिक बिदाई कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष नरेश गुरुङले बीसीसी यूकेको तर्फबाट मायाको चिनो प्रदान गर्दै विशेष धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै, बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, बीसीसी यूके लन्डन शाखाका पदाधिकारी तथा सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकार, चोई प्रशिक्षणका विद्यार्थीहरु, शुभचिन्तकलगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा गुरुहरुको सम्मानमा एकसाथ चोईको प्रशिक्षण लिइसकेको विद्यार्थीहरुले बौद्ध धर्मानुसार डमरु, बज्र तथा घण्टी बजाई बिदाई गरेका थिए ।

त्यस्तै, गत शुक्रबार ५ फेब्रुअरीका दिन ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा र निवर्तमान अध्यक्ष जीब बेल्बासेले करिब १ वर्षसम्म लगातार अनलाईनमार्फत मेडिटेसन गराएबापत खेन्पो ञ्यिमालाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । साथसाथै, स्थानीय रस्मुर बरो काउन्सिलका मेयरले समेत गुरु खेन्पोको योगदानलाई कदर गर्दै प्रशंसा पत्र जीआरएनसीका निवर्तमान अध्यक्ष जीब बेल्वासेमार्फत पठाएका थिए ।

बीसीसी यूकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न भर्चुयली आयोजित सो बिदाई कार्यक्रमलाई महासचिव रोविन गुरुङले संचालन गरेका थिए । स्मरण रहोस् यसअघि बीसीसी यूकेकै निमन्त्रणामा रिन्पोचे लुङ्गरिक दोस्रो पटक र खेन्पो ञ्यिमा तेस्रो पटक बेलायत आएका हुन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!